स्थानिय चुनावमा खर्चिएको अनौपचारी क्षेत्रको पैसा बैंकिङ प्रणालीमा फर्किँदै


स्थानिय तहको निर्वाचनमा परिचालन भएको अनौपचारीक क्षेत्रको पैसा बैंकिङ प्रणालीमा आउन थालेको छ । निर्वाचनाका लागि तयारी गरेका राजनीतिक दलका नेता तथा कार्यकतार्ले खर्चिएको रकम वित्तिय प्रणालीमा आउन थालेको हो ।

सरकारले शुक्रबार ७५३ स्थानीय निकायको नेर्तत्वका लागि निर्वाचारन गर्दैछ । त्यसका लागि राजनीतिक दलहरुले चुनाव प्रचार प्रसारका लागि गरेको खर्च वित्तीय प्रणालीमा क्रमिक रुपमा भित्रिएको हो ।

चुनावमा गर्ने खर्च बैंकिङ प्रणालीबाट कम हुने गरेको छ । नेता तथा कार्यकर्ताले खर्चिने अधिकांश रकम अनौपचारीक माध्यमबाट हुने गर्छ । चुनावमा विषेश गरी सवारी भाडा, खाना तथा मदिराजन्य पेय पदार्थ लगायतमा धेरै लगानी हुन्छ । त्यो क्षेत्रमा गरिएको लगानीको धेरै हिस्सा आयातका लागि नै खर्च हुने भए पनि अनौपचारी क्षेत्रको पैसालाई औपचारीक बनाउने मध्यमाको रुपमा पनि राजनीतिक नेतृत्वले चुनावलाई प्रयोग गर्ने गर्छन ।

बैंशाख महिना लागेपछि बैंकिङ प्रणालीमा केही निक्षेप थपिएको देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार बैशाख महिनाको २५ र २६ गते मात्रै ५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । त्यसैगरी नेपाल बैंकर्स संघका अनुसार बैंशाख महिनाको १६ गते देखि २३ गतेसम्ममा मात्र ६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । यसले पनि बैंकिङ प्रणालीमा राजनीतिक दलका नेता तथा कार्यकर्ताले खर्च गरेको रकम वित्तीय प्रणालीमा आउन थालेको स्पष्ट हुन्छ ।

चुनावमा खर्च गरिने धेरै रक मभनेको कर नतिरेको पैसा, सहकारीको पैसा तथा ढुकुटीको पैसा प्रयोग हसने गरेको एक अर्थशास्त्रिले बताए । “चुनावको अनौपचारीक अर्थतन्त्रको पैसा औपचारीक क्षेत्रमा आउने माध्यम पनि हो,” उनले भने, “चुनावका कारण औपचारीक र अनौपचारी दुबै अर्थतन्त्रलाई चलायमान बनाएको छ ।” आर्थिक गतिविधि बढ्ने वित्तीय चुनावको पैसा औपचारीक अर्थतन्त्रमा आउने उनले बताए ।

वित्तीय प्रणालीमा निक्षेप थपिनुमा रेमिट्यान्स निरन्तर आइराखेको छ, आयात पनि नियन्त्रण भएको छ त्यसका साथै अमेरिकी डलर बढ्नुले पनि सर्पोट गरेको पुर्व बैंकर भुवन कुमार दाहालले बताए । “चुनावी पैसा पनि आएको होला,” उनले भने, “तर, चुनामा खर्च भएको पैसा बाहिर नै प्रयोगमा छ, पछिल्लो समयमा अधिकासं स्थानिय तहमा बैंकहरु पुगेको हुनाले आएको पनि हुनसक्छ ।”

चुनावको समयमा खर्चका लागि बैंकिङक प्रणालीबाट झिकिने पैसा धेरै नहुने बताउदै उनले भने, “थोरै हिस्सा मात्र कैंकिङ प्रणलीको हो, बैंकिङ प्रणालीमा आउने भनेको भनेको नेता तथा कार्यकर्ताको घरमा रहेको पैसा हो ।” अनौपचारीक क्षेत्रको पैसा पनि अलिअलि आएको हुन सक्ने उनले बताए । त्यो पैसा आयातमा पनि जान्छ बताउदै उनले चुनावको तयारीमा रहेको साथीभाईका लागि विदेशमा रहेकाकाले रेमिट्यान्स पनि बढाएर पठाएको हुन सक्ने उनी बताउँछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।