मर्जरको छुट भन्दै पूँजीगत लाभकर छली भएपछि विवरण माग्दै महालेखा


महालेखा परीक्षकको कार्यालयले मर्जर तथाएक्वीजिसनमानाममाधितोपत्रको दोस्रो बजारबाट अर्बौको कर छली भएको असंकामाकारोबार विवरण मागेको छ । महालेखाले सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई पत्राचार गर्दै मर्जर तथा सेयर कारोबारको विस्तृत विवरण माग गरेको हो ।

महालेखाले केहीदिन अघिहालसम्मगाभ्ने/गाभिने बैंक वित्तीय संस्थातथा मर्जर अघि कायम रहेका सेयरधनीको विवरण मागगर्दै पत्र लेखेको हो । त्यसका साथै महालेखाले गाभ्ने/गाभिने प्रक्रिया पूरा गरेको कम्पनीका सेयरधनीले सेयर बिक्रीगर्दा पूँजीगतलाभकर छुट लिएकाहरुको समेत विवरण माग गरेको छ ।

महालेखाले विवरण मागगर्दै लेखेको पत्रबोधार्थ नेपाल स्टक एक्सचेञ्ज(नेप्से) लाई पनिपठाएको छ । गाभ्ने र गाभिने प्रक्रिया पूरा गरेर सेयर कारोबारमालिएको छुट सम्बन्धीविस्तृत विवरण महालेखाले मागेको भएपनिउक्ततथ्याङ्क उपलब्ध गराउनभने सहजनभएको सीडीएस एण्ड क्लियरिङ लिमिटेडका एक अधिकारीले जानकारी दिए ।

महालेखाले मर्जर तथाएक्वीजिशन सहित २ वर्षसम्म सेयर कारोबार गरेर पूँजीगतलाभकर सुविधालिएकालगानीकर्ताको विवरण उपलब्ध गराउनचुनौतिपूर्ण रहेको उनले बताए ।

आयकर ऐन २०५८ अनुसार कुनै पनिगाभिने संस्थाका सेयरधनीले सेयर बिक्री गरेको हकमापूँजीगतलाभकर मर्जर भएको मितिले २ वर्षसम्मनलाग्ने व्यवस्थारहेको छ । त्यसैगरी ऐन अनुसार गाभिने संस्थाका सेयरधनीले पाउनुपर्ने पूँजीगतलाभकर छुट गाभ्ने तथाप्राप्तिगर्ने कम्पनीका सेयरधनीले पनिलिँदै आएकाहुन् । यसरी कानुनको गलतब्याख्या गरी पूँजीगतलाभकर वापत राज्यलाई अर्बौंनोक्सानी भएपछि महालेखाले आवश्यकअध्ययन सुरु गरेको हो ।

नेपाल राष्ट्र बैंककाअनुसार वित्तीय संस्थागाभ्ने/गाभिने तथाप्राप्ति सम्बन्धीप्रक्रियासुरु गराएपछि २०७८ पुस मसान्तसम्मकुल २३९ बैंक तथावित्तीय संस्थाहरु मर्जर÷प्राप्तिप्रक्रियामा सामेल भएका छन् । यसमध्ये १७७ संस्थाहरुको इजाजतखारेज हुनगई ६२ संस्थाकायमभएका छन् । आयकर ऐनको दफा ४७लाई देखाउँदै गाभ्ने/गाभिने तथाप्राप्तिमा सहभागि सबै संस्थाका सेयरधनीहरुले पूँजीगतलाभकर छुट लिइराखेका छन् ।

आयकर ऐन २०५८ दफा ४७को उपदफा ४ माभनिएको छ, “गाभिई निःसर्ग भएको निकायमाकायम रहेकासेयरधनीहरूले आफ्नो सेयर गाभिएको दुई वर्षभित्रआफ्नो सेयर बिक्रीको माध्यमबाट निःसर्ग गरेमा त्यसरी निःसर्ग भएको सेयरमाभएको लाभमापूँजीगतलाभ कर लाग्ने छैन ।” सोही ऐन तथादफाको उपदफा ५ अनुसार गाभिई निःसर्ग भएको निकायले गाभिएको मितिले दुई वर्षभित्रगाभिएको अवस्थामाकायम रहेको सेयरधनीलाई वितरण गरेको लाभांशमा कर नलाग्ने व्यवस्था गरेको छ ।

लाभांशमालाग्ने कर तथापूँजीगतलाभकरको सन्दर्भमा ऐनमाभएको व्यवस्थालाई हेर्दा पनिगाभिने कम्पनीकासेयरधनीले मात्रछुटपाउने देखिन्छ । लाभांशमा गाभिएपछि कायम रहेका सेयरधनीभनिएको छ भने पूँजीगतलाभकरको सन्दर्भमागाभिई निःसर्ग भएको निकायमा रहेकासेयरधनीहरूले छुट पाउने उल्लेख छ ।

ऐनको व्यवस्थाअनुसार पछिल्लो समयमाजनता बैंक ग्लोबल आइएमई बैंकमागाभिएको थियो । यसमाजनता बैंकका सेयरधनीले मात्रपूँजीगतलाभकर छुट पाउनुपर्ने देखिन्छ । तर, दुबै बैंकका सेयरधनीले मर्जर भन्दै पूँजीगतलाभकर छुट लिएका छन् । त्यसो त नेपालइन्भेष्टमेन्ट बैंक र नबिल बैंकले फाइनान्स कम्पनीलाई प्राप्तिगर्दा पनि सेयरधनीले दोस्रो बजारमा सेयर कारोबार गर्दा पूँजीगतलाभकर छुट लिएका छन् ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भएको कम्पनीको सेयर कारोवारबाट प्राप्तलाभमाबासिन्दाप्राकृतिकव्यक्तिलाई लाभको ५ प्रतिशत र अन्यको हकमा १० प्रतिशतले कर लाग्दछ ।यसलाई पछिल्लो लगानीको समयकाआधारमा छुट्याइएको छ । एक वर्ष भन्दाबढी समय सेयर होल्ड गर्ने लगानीकर्तालाई ५प्रतिशत र सो भन्दाकम समय अवधिमाबिक्रीगर्नेकालागि७.५०प्रतिशतपूँजीगतलाभकर लाग्ने व्यवस्था छ । नेपाल स्टक एक्सचेञ्जले अग्रिम कर कट्टी गरी दाखिलागर्नुपर्दछ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।