१२ बजेसम्म ३५ प्रतिशत मत खस्यो, छिटपुट बाहेक देशभर शान्तीपुर्ण रुपमा मतदान


देशभरमा दिउँसो १२ बजेसम्ममा कुल मतदाताको ३५ प्रतिशत मत खसेको छ ।

निर्वाचन आयोगका अनुसार केही जिल्लाका केही स्थानहरुमा मतदान अवरुद्ध भएको छ । छिटपुट घटनाबाहेक देशभर मतदान शान्तिपूर्ण रुपमा भइरहेको जनाएको आयोगले दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही स्थलमा मतदान अवरुद्ध भएको जनाएको छ । ती स्थानमा मतदान सुचारुको प्रयास जारी रहेको आयोगले जनाएको छ ।