स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना हुँदा १३ को मृत्यू


आज बिहान स्याङ्जाको वालिङ–१४ अर्खलबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता रवीन्द्र खनालका अनुसार वालिङ–१४ को पञ्चमूल अर्खलबासस्थित भित्री सडकखण्डमा सिख्रेबाट तिवारीपसलतर्फ आउँदै गरेको ग २ च ३०२६ नम्बरको जीप दुर्घटना हुँदा जीपमा सवार १३ जनाको मृत्यु भएको छ । उनका अनुसार घाइते भएका १२ जनाको अवस्था चिन्ताजनक छ ।

घाइतेको वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारपछि थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको छ । मृतक तथा घाइतेको नामावली प्राप्त भइसकेको छैन ।