प्रधानमन्त्रीदेखि उम्मेदवारसम्मका चर्चित अनुहार, शीर्ष नेताहरुले कहाँ कहाँबाट गरे मतदान ? फोटो फिचर


स्थानीय तहको निर्वाचनमा दिउँसो १२ बजेसम्ममा कुल मतदाताको ३५ प्रतिशत मत खस्दै गर्दा धेरै शीर्ष नेता, चर्चित अनुहार, चर्चित उम्मेदवारहरुले मतदान गरेका छन् । कसले कहाँबाट गरे त मतदान ? तस्बिरमा यस्तो छ उनीहरुले गरेको मतदान ।

स्थानीय तहको निर्वाचनमा मतदान गर्ने क्रममा प्रधानमन्त्री शेर बहादुर देउवाले डडेल्धुराबाट मतदान गरेका छन् । देउवाले डडेल्धुराको गन्यापधुरा–१, रूवाखोलास्थित असिग्राम माविमा मतदान गरेका हुन् ।

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले धनुषाको लक्ष्मीनिया गाउँपालिकास्थित वीपी कोइराला माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– ४, कुविण्डेस्थित श्री सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’ बाट मतदान गरेका छन् ।

नेकपा ९माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भरतपुर महानगरपालिका– १४ मा रहेको नेपाल पुलिस स्कुल मतदान केन्द्रबाट मतदान गरेका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भक्तपुरको मध्यपुर थिमि नगरपालिका –१ स्थित उपस्वास्थ्य चौकीमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले काठमाडौँको मध्यबानेश्वरस्थित सानो गौचरन हाइटमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

नेकपा एमालेका उपाध्यक्ष बिष्णुप्रसाद पौडेलले बुटवल उपमहानगरपालिका वार्ड नं ८ स्थित मतदान केन्द्रमा मतदान गरेका छन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–२ स्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले चितवनको राप्ती नगरपालिका –५, भण्डारा अस्पतालको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिकास्थित कविशिरोमणि मावि मतदान केन्द्रमा मतदान गरेका छन् ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर नगरपालिका–५ स्थित विद्यार्थी निकेतन माध्यामिक विद्यालय साकोठाको मतदानस्थलमा मतदान गरेका छन् ।

गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको तिलोत्तमा — ८ स्थित ज्योति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५, सेरीगाउँस्थित यमुनानन्द नमुना माविको ‘क’ मतदान केन्द्रबाट मतदान गरेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका वडा नं २ को रामन्दिरस्थित राजतीर्थ ‘ख’ मतदान केन्द्रमा मतदान गरेकी छिन् ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले दार्चुलाको महाकाली नगरपालिका –५ को अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयको मतदान केन्द्रमा मतदान गरेका छन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले सप्तरीको बोदेबर्साइन नगरपालिका–१० खडकपुरमा रहेको जनता आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेकी छिन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले विराटनगर–७ स्थित आदर्श मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । 

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) उपमहासचिव पृथ्वीसुब्बा गुरुङ ले लमजुङ क्व्होलासोथर गाउँपालिका– ९ गिलुङको वुद्धोदय माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले विराटनगर महानगरपालिकाको आदर्श उच्च मावि मतदान केन्द्रमा मतदान गरेकी छिन् ।

निर्वाचन आयुक्त जानकी कुमारी तुलाधारले लमजुङ सुन्दरबजार नगरपालिका–२ परेवाडाँडास्थित महेन्द्रदेव माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेकी छिन् ।

काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवार सिर्जना सिंहले काठमाडौँ महानगरपालिका–१६, पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेकी छिन् ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँ महानगरपालिका–१६, पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् ।

स्वतन्त्रका प्रमुख पदका उम्मेदवार बालेन्द्र साह –बालेन) ले काठमाडौँ– ९, अन्नपुर्ण इ। इस्कुल गैरिगाँउ मतदान केन्द्रमा मतदान गरेका छन् ।

काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवार केशव स्थापित ले बागबजारस्थित पद्मकन्या क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् ।

ललितपुर महानगरपालिकाका प्रमुख पदका उम्मेदवार चिरीबाबु महर्जनले ललितपुर महानगरपालिका–३ स्थित मोडल आइडल विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् ।

भरतपुर महानगरपालिकाको प्रमुख पदका प्रत्यासी विजय सुवेदीले भरतपुर महानगरपालिका– १२ मा रहेको मोहोन माध्यामिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

भरतपुर महानगरपालिकाको प्रमुख पदका उम्मेदवार रेनु दाहालले भरतपुर महानगरपालिका–१४ मा रहेको आधारभूत विद्यालय सुन्दरबस्तीको मतदान केन्द्रबाट मतदान गरेकी छिन् ।

नेकपा (एमाले) का विराटनगर महानगरपालिकाका प्रमुख पदका प्रत्यासी सागर थापाले विराटनगर–४ कञ्चानवारीस्थित श्री आधारभूत विद्यालयमा मतदान गरेका छन् ।

नेपाली काँग्रेसबाट विराटनगर महानगरपालिकामा प्रमुख पदका प्रत्यसी नागेश कोइरालाले महानगरपालिकाको सरस्वती उच्च माविको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

नेपाली काँग्रेस नेता रमेश लेखकले कञ्चनपुरको वेदकोट–८, को मतदान केन्द्रबाट मतदान गरेका छन् ।

मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुखका निवर्तमान एवं प्रत्यासी नगरप्रमख पदका उम्मेदवार मदनसुन्दर श्रेष्ठले थिमि दथुटोल मतदान केन्द्रबाट मतदान गरेका छन् ।

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले धनुषाको नगराइन माविको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौँ महानगरपालिकाको विशालनगर मतदान केन्द्रबाट मतदान गरेका छन् ।

सांसद महेश बस्नेतले सूर्यविनायक नगरपालिका–७ को वडा कार्यालय गुण्डूको मतदान केन्द्रमा मतदान गरेका छन् ।

निर्वाचन आयुक्त सगुन शम्सेर जबराले टोखा नगरपालिकामा मतदान गरेका छन ।

पोखरा महानगरपालिकामा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार धनराज आचार्यले पोखरा–३३ स्थित शान्ति उदय मावि मतदान केन्द्रमा मतदान गरेका छन् ।

अटेरी अभियानका तर्फबाट पोखरा महानगरको प्रमुख पदका उम्मेदवार गणेश पौडेलले पोखराको मझेरीपाटनस्थित रामेश्वरी माध्यमिक विद्यालयमा मतदान गरेका छन् ।

पोखरा महानगरपालिकामा गठबन्धनका तर्फबाट उपप्रमुख पदका उम्मेदवार कोपिला रानाभाटले विजयपुरस्थित भवानीकालिका माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरेकी छिन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।