स्थानीय तहको निर्वाचन हुने दिन बिहान संसद भवन बाहिर सिलिण्डर बिस्फोट गराउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ । संसद भवनको मुख्य गेटको अगाडी शुक्रबार बिहान सिलिण्डर बिस्फोट भएको थियो ।
देशव्यापी रुपमा मतदान हुन केही समय बाँकी हुँदा सिलिण्डर बिस्फोट गराएको भन्दै बिस्फोट गराउनेको खोजी तिब्र पारिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । बिस्फोटस्थलमा पर्चा समेत भेटिएको भन्दै प्रहरीले पर्चाका आधारमा पनि खोजी भईरहेको जनाएको छ ।
प्रतिक्रिया