बाबुराम भट्टराईलाई निर्वाचन आयोगको पत्र, ‘२४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नु’


स्थानीय तहको निर्वाचनका दौरान मतदान गरेपछि मतपत्र देखाए पछि विवादमा तानिएका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

वैशाख ३० गते बिहान ८.२५ बजे गोरखाको पालुङटार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान केन्द्रमा मतदान गरे पछि जसपा अध्यक्ष भट्टराईले मत संकेत सहितको मतपत्रको फोटो सार्वजनिक गरेका थिए ।

आयोगले भट्टराईको कामप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै २४ घण्टाभित्र स्पष्ट जवाफ पेश गर्न भनेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।