पिज्जा हटको लाइटर, क्रिस्पियर सान फ्रान्सिस्को शैलीको पिज्जा सार्वजनिक


ब्रान्ड पिज्जा हटले आफ्नो लाईटर, क्रिस्पियर र स्वादिलो सान फ्रान्सिस्को शैलीको पिज्जा सार्वजनिक गरेको छ ।

पिज्जा प्रेमीहरुले आनन्द लिने सक्ने सान फ्रान्सिस्को शैलीको पिज्जामा शेफको विशेष सस र एक्स्ट्रा भर्जिन आलिभ आयल ड्रिजलको प्रयोग गरिन्छ । सान फ्रान्सिस्को शैलीको पिज्जा, पिज्जा हटको मेनुमा भेज तथा ननभेज पिज्जा ३८९ रुपैंयाबाट उपलब्ध हुने विज्ञप्तिमा उल्लेख छ ।

यो पिज्जा बनाउन सावर डोको प्रयोग गरिन्छ जसले सान फ्रान्सिस्को शैलीको पिज्जालाई हल्का, क्रिस्पी बनावटको साथ अद्वितीय र विशिष्ट स्वाद दिन सयोग गर्दछ ।

विशिष्ट आवरण भएका ह्यान्डक्राफ्टेड पिज्जाहरुको माग बढ्दै गइइरहेको समयमा सान फ्रान्सिस्को शैलीको पिज्जा उपभोक्तामाझ पहिलो रोजाइ बनेको पिज्जा हटले जनाएको छ ।

काठमाडौँका ग्राहकहरुले कुनै पनि उपलब्ध एग्रीगेटरहरुमार्फत डेलिभरीको लागि अर्डर गर्न सक्नेछन् भने उत्कृष्ट डाइन–इन वा टेक–अवे अनुभवको लागि नजिकको पिज्जा हट रेष्टुरेन्टहरुमा जान सकिनेछ ।

पिज्जा हट ब्रान्डले सरकार र डब्लुएचओद्धारा जारी गरिएका सबै नियम, प्रोटोकलहरु र दिशानिर्देशहरुलाई अधिकतम खाद्य स्वच्छता र ग्राहकहरुको सुरक्षाको लागि पालना गरेको छ । यो पिज्जा २४० डिग्री तापक्रममा पकाइन्छ जसले सबै भाइरसहरुलाई मार्छ साथै ट्याम्पर प्रुफ बक्सहरुमा प्याक गरिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।