रुसी रुबल बन्यो सन् २०२२ को उत्कृष्ट प्रदर्शन गर्ने मुद्रा


युद्धका कारण कमजोर बनेको रुसी रुबल पछिल्लो समयमा सबल बन्दै गएको छ । रुसी सरकारले अरु राष्ट्रलाई रुबल मै कारोबार गर्न आदेश दिएपछि सबल बन्दै आएको हो ।

रुस–युक्रेन युद्धका कारण गत मार्च महिनामा अहिले सम्मकै कमजोर विन्दुमा पुगेको रुबल अहिले यो वर्षको विश्वकै उत्कृष्ट प्रदर्शन गर्ने मुद्रा बनेको छ । फेब्रुअरी महिनामा रुसले युक्रेनमा विशेष सैनिक अप्रेसन सञ्चालन गरेपछि पश्चिमा देशहरुले लगाएका प्रतिबन्धका कारण रुसी रुबल अन्तराष्ट्रिय बजारमा कमजोर भएको थियो ।

मार्च महिनामा १ डलर बराबर १४२.६४ पुगेको रुबल आज १ डलर बराबर ६३ रुबल हुन पुगेको छ । यससँगै रुबल यो वर्षको विश्वकै उत्कृष्ट प्रदर्शन गर्ने मुद्रा बनेको छ । यसैगरी युरो विरुद्ध पनि रुबल बलियो भएको छ । सन् २०१७ यताकै उच्च हुने गरी १ युरो बराबर रुबल ६५.८० रुबल हुन पुगेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।