फिलिपिन्सका नवनिर्वाचित राष्ट्रपति फर्डिनान्ड र्माकोसले पुर्वाधार विकासमा दोब्बरले बजेट बढाउने


फिलिपिन्समा भएको राष्ट्रपति चुनावमा भारी मतका साथ जित हासिल गरेका फर्डिनान्ड र्माकोस जुनियरले अघिल्लो कार्यकालका राष्ट्रपतिले अघि सारेका आर्थिक एजेण्डालाई निरन्तरता दिने भएका छन् ।

नवनिर्वाचित फिलिपिनी राष्ट्रपतिले आफ्नो कार्यकालमा के–कस्ता कामहरु गर्लान् भन्ने विषय उत्सुकताको विषय बनिरहेका बेला मार्कोस जुनियर सहभागी भएको गोप्य भोज समारोहबाट उनले के–कस्ता विकासका कामहरु अघि सार्ने छन् भन्ने कुराको आँकलन गरिएको छ ।

मार्कोसको चुनावी प्रचारप्रसारमा समर्थन गरेकी फिलिपिन्स केन्द्रीय बैंककी गर्भनर ग्वेन गार्सिया भन्छिन्, “राष्ट्रपति मार्कोस जुनियरले पर्यटन उद्योग तथा व्यवसाय विकासका लागि आवश्यक पूर्वाधार निर्माण काम अघि बढाउने छन् । संघीयताको भाव बुझेर उनले स्वतन्त्र रुपमा राज्य सञ्चालन गर्ने छन् ।” यसैगरी मार्कोस जुनियर स्वयमले नै पूर्वाधार विकास र राजनीतिमा उच्च स्वतन्त्रता कायम गर्ने बताएका छन् ।

दक्षिणपूर्वी एसियाली राष्ट्रहरु मध्येका देशहरु मध्ये फिलिपिन्सको अर्थतन्त्रलाई सबै भन्दा राम्रो विकासशील अर्थतन्त्र बनाउने तयारी गरिरहेको छ । तर फिलिपिनी अर्थतन्त्र कोभिड–१९ महामारी र उच्च मुद्रास्फीतिबाट प्रभावित भएको विश्व बैंकको आँकलन । मुलुकका एक चौथाइ जनता गरिबीको रेखा मुनि परेको र यसै गतिमा इन्धन र खाद्यान्नको मूल्य बढ्दै गएको खण्डमा अझै धेरै जनता गरिबीको रेखामुनि पर्न जाने विश्व र्बैंकले जनाएको छ ।

सन् २०१३ मा राष्ट्रपति चुनाव जितेका डुटरटेकै आर्थिक योजना, “विकास, विकास, विकास” लाई नै निरन्तरता दिने भएका छन् । यसैगरी पूर्वाधार विकासमा पहिलेको तुलनामा दोब्बर अर्थात २० अर्ब डलर खर्च गर्ने योजना बनाउने सम्बद्ध व्यक्तिहरुले बताएका छन् ।

यसै सन्दर्भमा मूडी इन्भेष्टर सर्भिसका वरिष्ठ उपप्रमुख क्रिष्टीयन डि गुज्मानले, मार्कोसको सरकारले बजेट कटौती नगरी डुटरटेको योजनालाई निरन्तरता दिन थप राजस्व संकलन गर्नुपर्ने र अहिलेको अवस्थामा त्यसो गर्न समस्या हुने बताएका छन् । अहिलेको अवस्थामा फिलिपिन्सको अर्थतन्त्रको प्रमुख सरोकार नै व्यापार घाटा व्यवस्थापन र ऋणमा स्थीरता कायम गर्नु रहेको र त्यसै अनुसार नव निर्वाचित सरकारले काम गर्नुपर्ने उनको भनाई छ ।

यसैगरी मार्कोसका प्रतिपक्षीहरुले मार्कोसका पिताले राज्य सञ्चालन गर्ने समयमा भएका भ्रष्टाचार तथा गैरकानुनी कामहरुलाई आफ्नो शक्ति परिचालन गरी रफादफा गर्न सक्ने भन्दै विभिन्न किसिमका आरोपहरु लगाएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।