बालेनको मत केशव स्थापित र सिर्जना श्रेष्ठको मत जोड्दा पनि ४६४ ले बढी


स्थानीय चुनावमा देशभरीको ध्यान तानिएको काठमाण्डौं महानगरपालिकाको मतगणना नतिजाले प्रमुख राजनितिक दलहरुको अस्तित्वमा प्रश्न चिन्ह खडा भएको छ । राजनितिको नाम नै लिन नचाहने पुस्ता पनि बोलनका लागि मतदान गर्न मतदान केन्द्र पुगेको दृष्यको नतिजा अहिले मत गणनामा देखिएको छ ।

सोमबार बिहान साढे ११ बजेको नतिजा अनुसार काठमाण्डौंको मेयरमा उम्मेदवारी दिएका नेकपा एमालेका केशव स्थापित र नेपाली काँग्रेसकी सिर्जना श्रेष्ठले पाएको मत जोड्दा पनि बोलेन्द्र साह (बालेन) लाई भेट्न सकेका छैनन् ।

अहिलेसम्म प्राप्त मतअनुसार बालेनले कुल ६ हजार ८८६ मतसहित अग्रता कायम गरिरहेका छन् । उनले नेकपा एमालेका केशव स्थापितलाई ३ हजार ४७३ मतले पछि छाड्दै मतान्तर बढाईरहेका छन् । केशव स्थापितले कुल ३ हजार ४१३ मत मात्र पाएका छन् ।

नेपाी काँग्रेसका नेता प्रकाशमान सिंहपत्नी सिर्जना श्रेष्ठले पनि कुल ३ हजार ९ मत मात्र पाएकी छिन् । स्थापित र श्रेष्ठले पाएको मतलाई जोड्दा ६ हजार ४२८ मत मात्र हुन आउँछ, जबकी बालेनले ६ हजार ८८६ मत ल्याएका छन् ।

स्थापित र श्रेष्ठले पाएको कुल मत जोड्दा पनि बालेनको मत ४६४ ले धेरै छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।