अमेरिका र इयुले संयुक्त रूपमा खाद्य चुनौतीको सम्बोधन गर्न संयन्त्र बनाउने


संयुक्त राज्य अमेरिका र युरोपेली संघले व्यापार तथा प्रविधि परिषद् ९टीटीसी० भित्र नीतिगत संवाद स्थापना गर्न लागेका छन् ।

युक्रेनमा जारी द्वन्द्वको बीचमा सम्भावित विश्वव्यापी खाद्य चुनौतीहरूको प्रतिक्रिया विकास गर्न अमेरिका र युरोपेली संघले व्यापार तथा प्रविधि परिषद् ९टीटीसी० भित्र नीतिगत संवाद स्थापना गर्न लागेको अमेरिकी प्रशासनका वरिष्ठ अधिकारीले पत्रकारलाई जानकारी दिएका हुन् ।

संयुक्त राज्य अमेरिका, युरोपेली आयोग, र युरोपेली काउन्सिलद्वारा ट्रान्सएट्लान्टिक व्यापार र लगानी प्रवर्द्धन गर्न गत गृष्ममा स्थापित युस–इयु टिटिसीले पेरिस, फ्रान्स नजिकैको सेगवे टेक्नोलोजी हबमा मे १५–१६ सम्म आफ्नो दोस्रो मन्त्रीस्तरीय बैठक गर्दैछन् ।

“हामी ृयुस–इयु टिटिसीे ले युक्रेनमा रुसी आक्रमणका कारण उत्पन्न भएको विश्वव्यापी खाद्य सुरक्षा चुनौतीहरूको प्रतिक्रिया विकास गर्ने उद्देश्यले नीतिगत संवाद स्थापना गर्दैछौँ,“ अधिकारीले भने ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।