नेशनल लाइफ इन्स्योरेन्सको बोनस नेप्सेमा सूचीकृत

0
Shares

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (NLICL) को बोनस सेयर मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको चुक्ता पूँजीको १९ प्रतिशतले हुन आउने ६४ लाख ४२ हजार ६८९ दशमलव ४९ कित्ता बोनस सेयर आज सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत भएको उक्त बोनस सेयर कम्पनीको तेत्तीसौं वार्षिक साधारण सभाका लागि तोकिएको बुकक्लोज मितिको अघिल्लो दिनसम्म कायम सेयरधनीले डिम्याट खातामा प्राप्त भएपछि खरीद बिक्री गर्न सक्नेछन् ।

विसं २०७८ फागुन २९ गते आइतबार सम्पन्न भएको तेत्तीसौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६।७७ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

तेत्तीसौं वार्षिक साधारण सभाका लागि कम्पनीले फागुन २२ गते आइतबार बुकक्लोज गरेको थियो । बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम सेयरधनीले मात्र उक्त बोनस पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।