भारतीय जीवन बीमा निगमको दोस्रो बजारमा खराब प्रदर्शन

0
Shares


भारतीय जीवन बीमा निगम (एलआइसी) दोस्रो बजारमा प्रवेश गरेसँगै अपेक्षित प्रदर्शन गर्न सकेको छैन । मे ४ मा सार्वजनिक निष्कासन गरेको कम्पनीको पफमेन्स कमजोर देखिएको हो ।

दोस्रो बजारमा प्रवेश गरेको पहिलो दिनमा नै एलआइसीको सेयर ८ प्रतिशतले ओरालो लागेको छ । ९०० भारु प्रतिकित्तामा आईपीओ निष्काशन गरेता पनि दोस्रो बजारमा आएपछि सेयर मूल्य घटेर ८७५.२५ भारुमा झरेको छ ।

एलआइसीलाई विश्वको तेस्रो ठूलो आईपीओ लन्च गर्ने कम्पनी भनिएको थियो । तर सरकारी स्वामित्वमा रहेको यस कम्पनीले सार्वजनिक निष्कासनबाट पनि अपेक्षाकृत रकम संकलन गर्न सकेको थिएन । १७ ट्रिलियन भारु संकलन गर्ने अपेक्षा गरिएको उक्त आईपीओले जम्मा ३०० बिलियन भारु मात्रै संकलन गर्न सफल भएको थियो ।

एलआइसीका अध्यक्ष एमआर कुमारले बजार खस्केको कारणले गर्दा एलआइसीले राम्रो प्रदर्शन गर्न नसके पनि बजारमा सुधार आएसँगै सेयरमूल्य बढ्ने आशा गर्नहोस् भनी बताएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।