जजिरा एयरलाइन्सकाे नव–निर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सेवा

0
Shares


कुवेती हवाई कम्पनी जजिरा एयरलाइन्सले नवनिर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्धजयन्तीको अवसर पारेर पहिलो उडान भरेको छ ।

गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा जेठ १ बाट उडान सुरु भएको छ । यसैगरी जजिरा एयरलाइन्सले जेष्ठ १ गते उडान भरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने पहिलो अन्तर्राष्ट्रिय एयरलाइन्स भएको हो ।

कुवेती एयरलाइन्स जजीराले कुवेतबाट साताको तीन दिन– मंगलबार, बिहीबार र आइतबार गौतम बुद्ध अन्तराष्ट्रिय विमान स्थलमा उडान भर्ने भएको छ । यसैगरी साताको सोमबार, बुधबार र शुक्रबार गौतम बुद्ध अन्तर्राष्ट्रिय विमान स्थलबाट कुवेतको लागि उडान भर्ने भएको छ ।

जजिराको यस सेवाबाट मध्यपूर्व र यूरोपमा बसोबास गर्ने नेपाली तथा नेपाल भ्रमण गर्न आउने विदेशी नागरिकहरु लाभान्वित हुने भएका छन् ।

यसै सम्बन्धमा जजिरा एयरलान्सका उपाध्यक्ष रविन्द्रन भाराथनले आफूहरुले निरन्तर सञ्जाल विस्तार गरिरहेको र यसरी नेपालको हवाई क्षेत्रको विकास र प्रर्वद्धनमा सहयोग पुर्याउने बताएका छन् । यसका साथै आगामी दिनमा ६ वटा नयाँ गन्तव्य थप्ने जानकारी पनि दिएका छन् ।

पछिल्लो समयमा जजिरा एयरवेजले मध्य–पूर्व, एशिया र यूरोपमा उडान सेवा विस्तार गरेको छ । जजिराले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भरेपछि यसले पश्चिम भूभागका मानिसहरुलाई र भैरहवाको आन्तरिक पर्यटनमा टेवा पुर्याउने सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसका प्रमुख रविचन्द्र सिंहले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।