समृद्धि फाइनान्समा आरटिजिएस सुबिधा

0
Shares

समृद्धि फाइनान्सले जेठ ४ गते बुधबारदेखि रियल टाइम ग्रस सेटलमेन्ट ९आरटिजिएस० प्रणालीमा प्रत्यक्ष सहभागीको रुपमा आबद्ध भइ कारोबार गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंक बाट अनुमति लिई भुक्तानी प्रणाली विभागको सहकार्यमा आरटिजिएस सेवा संचालनमा आएको यस संस्थाका व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन ।

फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२.२५%, र बचत निक्षेपमा अधित्तम १०% सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ ।

फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।