माछापुच्छ्रे बैंकका ग्राहकले अन्नपूर्ण केबलकार चढ्दा १०% छुट पाउने

0
Shares

माछापुच्छ्रे बैंकले अन्नपूर्ण केबलकार चढ्ने आफ्ना ग्राहकलाई १० प्रतिशत छुट दिने गरी व्यावसायिक सम्झौता गरेको छ।

बैंकले पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पुर्याउने र ग्राहकलाई विशेष छुट प्रदान गर्ने उद्देश्यले सम्झौता भएको जनाएको छ।

उक्त सम्झौतापत्रमा अन्नपूर्ण केबुलकार प्रालिको तर्फबाट महाप्रबन्धक दिनेश पौडेल तथा माछापुच्छ्रे बैंकको तर्फबाट शाखाप्रमुख आलोकमान श्रेष्ठले हस्ताक्षर गरेका थिए।

अन्नपूर्ण केबलकार पोखराको पहिलो केबलकार सुविधा हो जसले त्यस क्षेत्रको पर्यटन व्यवसायमा विशेष टेवा पु¥याउँदै आइरहेको छ।

सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले अन्नपुर्ण केबुलकारबाट टिकेट काँटदा बिलमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

उक्त केबलकार सुविधा पोखराको सेतीबगरदेखि साराङकोटसम्म रहेको छ। बैंकका ग्राहकहरूले उक्त छुट बैंकको डेबिट/के्रडिट कार्ड प्रयोग गरी केबुलकारको बिल भुक्तानी गर्दा पाउन सक्नेछन्।

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यावसायिक सम्झौता गरी आफ्ना ग्राहकहरुलाई आकर्षक छुट प्रदान गर्दै आएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।