जनरल इन्स्योरेन्सको जेठ ३१ गते साधारण सभा आह्वान

0
Shares

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले हकप्रद निष्काशनको प्रस्ताव पारित गर्न जेठ ३१ गते मंगलबार साधारण सभा आह्वान गरेको छ ।

सञ्चालक समितिको बैठकले उक्त दिन बिहान ११ बजे अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौँमा चौथो वार्षिक साधारण सभा बोलाएको छ ।

सभामा बीमा समितिको स्वीकृती लिई कम्पनीले चुक्ता पूँजीको ३० प्रतिशत अर्थात हाल कायम १० कित्ता बराबर नयाँ ३ कित्ता हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

यसैगरी जनरल इन्स्योरेन्स कम्पनी नेपाल र अन्य निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनी गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

मर्जर प्राप्तीका लागि कम्पनीको प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिबाट नियुक्त गरिएको सञ्चालकको नाम अनुमोदन गर्ने प्रस्ताव पनि सभामा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि जेठ १९ गते बिहीबार सेयरधनी दर्ता किताब बन्द(बुकक्लोज) गर्ने मिति तोकेको छ । बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरु मात्र इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।