हिमालयन बैंकको ऋणपत्र नबिल इन्भेष्टले निष्काशन गर्ने


हिमालयन बैंकको २ अर्ब ५० करोड रुपैंया बराबरको १०.५० प्रतिशत हिमालयन बैंक लिमिटेड बण्ड २०८६ को ऋणपत्र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले निष्काशन गर्ने भएको छ ।

१ हजार रुपैंया अंकित दरको २५ लाख कित्ताले हुने २ अर्ब ५० करोड रुपैंया बराबरको ऋणपत्र निष्काशनका लागि बैंकले नबिल इन्भेष्टलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

७ वर्षे अवधिको उक्त ऋणपत्रको व्याजदर १०.५० प्रतिशत रहेको बैंकले जनाएको छ ।

बिक्री प्रबन्धक नियुक्त गर्ने सम्झौता पत्रमा हिमालयन बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक सम्शेर ज.ब.रा. र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरुकोे स्विकृति पश्चात निश्कासन हुनेछ ।

काठमाण्डौंको कमलादीमा मुख्य कार्यालय रहेका हिमालयन बैंकले देशका ७ वटै प्रदेशमा ७४ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।