प्रभु लाइफ इन्स्योरेन्सको सीइओमा सन्तोष प्रसाई नियुक्त

0
Shares

प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा चाटर्ड एकाउन्टेन्ट सन्तोष प्रसाई नियुक्त भएका छन् ।

इन्स्योरेन्सको जेठ ११ गते बसेको सञ्चालक समिति बैठकले प्रसाईलाई जेठ ११ गतेदेखि नै लागू हुनेगरी सीइओ नियुक्ति गरेको कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले जानकारी दिए । 

प्रसाईले आगामी ४ वर्षका लागि सीइओकाे कार्यभार निर्वाह गर्नेछन् ।

प्रसाईले कम्पनीका अध्यक्ष सुभाष अमात्यबाट सपथ ग्रहण गरेर हिजैदेखि कार्यभार सम्हालेका छन् । प्रसाईको अग्रतामा कम्पनीले नयाँ उचाई लिनेमा संचालक समिति तथा सम्पूर्ण कर्मचारीहरुले विश्वास लिएका छन् । कम्पनीले गत फागुनमा उनलाई सल्लाहकारको रुपमा भित्र्याएको थियो । प्रसाईलाई सल्लाहकारमा भित्र्याएसँगै निवर्तमान प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले राजीनामा दिएका थिए । पौडेलले राजीनामा दिएसँगै कम्पनीले प्रसाईलाई नै नियुक्ति गरेको हो ।

कम्पनीले यसअघि प्रसाई नियुक्त गरी बीमा समितिबाट स्वीकृति मागेकोमा समितिले अनुमति दिएसँगै कम्पनीले रिक्त रहेको उक्त पदमा उनलाई नियुक्त गरेको हो । कम्पनीले बैशाख २२ गते प्रसाईलाई सीइओमा नियुक्तिको प्रस्ताव सहित बीमा समितिमा स्वीकृतिका लागि पेश गरेको थियो । बीमा समितिले प्रसाईलाई सीइओमा नियुक्तका लागि अनुमति दिए सँगै सञ्चालक समितिले बुधबारदेखि कार्यान्वयन हुने गरी नियुक्त गरेको हो । पौडेलले राजीनामा दिएपछि प्रभु लाइफ इन्स्यारेन्स फागुन १८ गतेदेखि सीईओ विहीन थियो ।

चार्टर्ड एकाउन्टेन्ट प्रसाईले यस अगाडि नेपाल लाइफमा ४ वर्ष तीन महिना काम गरेका थिए । प्रसाईंले २०७७ माघ २७ गतेदेखि नेपाल लाइफको सीईओ पदको जिम्मेवारी पाएका थिए । तर चार वर्षको कार्यकालका लागि सीइओ नियुक्त भएका प्रसाईं ८ महिनामै नेपाल लाइफबाट बाहिरिएका थिए । यसअघि उनले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा सात वर्षको लामो अनुभव सम्हालेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।