कालिका लघुवित्तको अध्यक्षमा चन्द्र बहादुर क्षेत्री नियुक्त


पोखरामा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा चन्द्र बहादुर क्षेत्री नियुक्त भएका छन ।

संस्थाको सञ्चालक समितिको बैठकको निर्णयानुसार यसै संस्थाका सञ्चालक रहेका क्षेत्री सर्वसम्वत रुपमा अध्यक्ष पदमा चयन भएका हुन ।

यसअघिका अध्यक्ष कृष्ण खाँड वालिङ नगरपालिकाको मेयरमा निर्वाचित भएपछि सो जिम्मेवारीमा कालिका लघुवित्तको बोर्डले क्षेत्रीलाई सर्वसम्वत चयन गरेको हो ।

महाशिला गाउँपालिका वडा नं.४ पाखापानी पर्वत स्थायी ठेगाना भई हाल कुस्मा नगरपालिका वडा नं.६ मा बसोवास गर्ने क्षेत्रीले कानुन विषयमा स्नातक साथै मानविकी र समाजशास्त्र विषयमा स्नाकोत्तर गरेका छन ।

२०४६ देखि २०५० सम्म शिक्षण पेशामा आबद्ध रहेका क्षेत्री वि.सं.२०५५ देखि २०७४ सम्म जि.वि.स.लगायत विभिन्न संघ संस्थामा कानुनी सल्लाहकार साथै वि.सं.२०५१ देखि हालसम्म वकालत पेशामा आवद्ध छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।