मधेश प्रदेशमा कृषिको समावेशी रुपान्तरणका लागि मूल्य श्रृंखला सुरु


कृषि विकासका लागि अन्र्तराष्ट्रिय कोष (आईएफएडी) को वित्तिय सहयोगमा अर्थ मन्त्रालय मार्फत कृषि विकास बैंकद्धारा सञ्चालन हुने भनिएको कृषिको समावेशी रुपान्तरणका लागि मूल्य श्रृंखला कार्यक्रम सुरु भएको छ ।

कृषि विकासका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायको अध्यक्षता तथा मधेश प्रदेश योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमका बिच महोत्तरीको बर्दिवासमा मूल्य श्रृङ्खला कार्यक्रमको सुरुवात गरिएको हो ।

कार्यक्रममा मधेश प्रदेशका मुख्य मन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव मेख बहादुर मगराती, प्रदेश अर्थ मन्त्रालयका सचिव गजेन्द्र कुमार ठाकुर, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव, नम्रता सिंह, आईएफएडीका परामर्शदाता तथा कन्सल्टेन्ट श्याम बहादुर खड्का, विभिन्न जिल्लाका कृषि ज्ञान केन्द्रका प्रमुख, समृद्धि आयोजना जनकपुरका करिडोर संयोजक, सफल किसान तथा कृषि समुहका प्रतिनिधिहरुको सहभागिता थियो ।

कार्यक्रममा कृषि विकास बैंक जनकपुर प्रदेश कार्यालयका निर्देशक तिलक प्रधानले कार्यक्रमको उद्धेश्यका सम्बन्धमा जानकारी दिएका थिए । बैकका उपमहाप्रबन्धक बाबुकाजी थापाले मूल्य श्रृङ्खला कार्यक्रमका बारेमा जानकारी गराउँदै उक्त आयोजनाबाट प्राप्त हुने अपेक्षित उपलब्धिहरु, लक्षित समूह, लभान्वित संख्या, कार्यक्रमका संभागहरु र मूल्य श्रृंखला बिकासका लागि लिक्षित कृषि बस्तुहरु तथा कार्यक्रम संचालनका प्रमुख आर्थिक स्रोतहरुको सम्बन्धमा बताएका थिए ।

सहभागीहरुको जिज्ञासाहरु संवोधन गर्ने क्रममाआईएफएडी परामर्शदाता श्यामबहादुर खडकाले यो कार्यक्रम खासगरी कृषिलाई प्रतिस्पर्धि बनाउदै व्यावसायिक कृषिलाई प्रर्वद्धन गर्ने उद्धेश्यले संचालन गर्न लागिएको बताएका थिए ।

मधेश प्रदेश योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले प्रविधि, वित्तीय पहुँच तथा बजारिकरणको माध्यम द्धारा परम्परागत रुपमा रहेको निर्वाहमुखि कृषि प्रणालीलाई रुपान्तरण गरि व्यवसायिक कृषि प्रणालीमा जानु आजको आवश्यकता रहेको बताएका थिए ।

मुख्य मन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव मेश बहादुर मगराती, कृषि तथा सहकारी मन्त्रालयका सचिव नम्रता सिह र अर्थ मन्त्रालयका सचिव गजेन्द्र कुमार ठाकुरले यस क्षेत्रमा कृषिको महत्वको बारेमा चर्चा गर्दै कार्यक्रमले पुर्याउन सक्ने योगदानका सम्वन्धमा सुझाव दिएका थिए ।

किसानहरुमा सहुलियत दरमा वित्तिय पहूँच पुर्याउन यस कार्यक्रमले सहयोगी भूमिका खेल्ने कार्यक्रमले किसानको उत्पादन र उत्पादकत्व बृद्धि गरी आयातमा प्रतिस्थापन एवं निर्यात प्रवद्र्धन हुने गरी मूल्य श्रृंखलाको अवधारणामा लगानी गरिने बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले मधेश प्रदेशमा कृषिको सम्भावना प्रश्स्त रहेको र यस कार्यक्रमले सहुलियतपूर्ण कर्जाको रुपमा सही तरीकाले आपूर्तीकर्ता, कृषक, प्रशोधनकर्ताहरुलाई बजार मागको अधारमा मूल्य श्रृंखलामा आवद्ध गराई लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।