आइतबार सुनचाँदीको मुल्य स्थीर


पहेँलो धातु सुनको मुल्य नेपाली बजारमा आइतबार स्थीर रहेको छ । लगातार दोस्रो दिन पनि सुनचाँदीको मुल्य स्थीर रहेकोे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनचाँदीको भाउ शुक्रबारदेखि आइतबारसम्मका लागि एउटै मूल्य कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको भाउ प्रतितोला ९८ हजार रुपैयाँ र तेजावी सुनको भाउ ९७ हजार ५०० रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको भाउ तोलाको १ हजार २८० रुपैयाँ निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८५३ र चाँदी प्रतिऔंस २२.१२ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।