बजेट पहिले अर्थमन्त्री शर्माले राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस गर्ने


अर्थमन्त्री जनार्दन शर्माले आइतबार बस्ने राष्ट्रियसभा बैठकमा आर्थिक सर्वेक्षण पेश गर्ने भएका छन् ।

आइतबार दिउँसो ३ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०७८७९ का आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम रहेको बताइएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

सर्वेक्षण पेश गरे पछि अर्थमन्त्री शर्माले नयाँ बानेश्वरस्थित प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।