बाबुराम भट्टराईले गरे सामाजिक सुरक्षा भत्ता नलिने घोषणा


पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गरेका छन् ।

संसद् बैठकबाट बाहिरिँदै उनले गरिब देशमा नागरिकलाई आर्थिक भार थोपर्न आफूले भत्ता नलिने घोषणा गरे ।

अर्थमन्त्री जनार्दन शर्माले वृद्धभत्ता पाउने उमेर ७० बाट घटाएर ६८ बनाएका छन् । भट्टराईले सामाजिक सुरक्षा भत्ता वितरणको लागि उमेर घटाउन आवश्यक नभएको जिकिर गरे ।

“वृद्धभत्ता पाउने उमेरमा म पनि परेको छु, तर बृद्धभत्ता लिएर राज्यलाई बोझ दिन चाहन्न, त्यसैले बृद्धभत्ता नलिने घोषण गर्दछु,” उनले भने ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।