कुमारी बैंक र लाल रत्न अस्पताल बिच छुट सम्झौता

0
Shares

कुमारी बैंक र सुदुरपश्चिम प्रदेश लम्की चुहा नगरपालिका स्थित लाल रत्न अस्पताल बिच कुमारी बैंकका ग्राहकलाई लाल रत्न अस्पतालबाट प्रदान गरिने स्वस्थोउपचार सम्बन्धी सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले सो अस्पतालबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिटरक्रेडिट कार्ड वा मोबाइल बैंकिंगबाट गर्दा १०५ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट सुदुरपश्चिम प्रदेशका सेवाग्राहीहरुले गुणस्तरिय स्वास्थ्य सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा विश्वस्त रहेको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८१ एटिएम, ४२ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।