राष्ट्रिय सभामा बजेटबारे सैद्धान्तिक छलफल सुरु 


राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल सुरु भएको छ ।    
    
 अर्थमन्त्री जनार्दन शर्माले सो बजेटबारे सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि छलफल सुरु भएको हो । बजेटमाथिको सैद्धान्तिक छलफल र त्यसमा उठेका प्रश्नका जवाफका लागि सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यही जेठ १७ र १८ गतेको समय तोकेका छन् ।

संवैधानिक व्यवस्थानुसार हरेक वर्षको जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गनुर्् पर्ने हुन्छ । सोही अनुसार जेठ १५ गते आइतबार अर्थमन्त्री शर्माले संसदमा बजेट पेश गरेका थिए ।

राष्ट्रिय सभामा भईरहेको बजेट माथिको छलफलको प्रत्यक्ष प्रशारण :

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।