शिखर इन्स्योरेन्सले लाभांश नबाँड्ने, सेयरधनीको हात रित्तै

0
Shares

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड (SICL) ले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

निर्जीवन बीमा कम्पनीहरुमा व्यवसाय, पूँजी, र लाभांशमा समेत अग्रणी रहँदै आएको यस कम्पनीले गत आवमा भने सेयरधनीको हात रित्तै बनाउने भएको हो ।

कम्पनीको सञ्चालक समितिको जेठ १७ गते साँझ ४ बजे सम्पन्न २७२ औं बैठकले आव २०७७/७८ को वित्तीय विवरणहरु सम्बन्धमा छलफल गरेर हाललाई जगेडाबाट हाललाई लाभांश प्रस्ताव नगर्ने निर्णय गरिएको कम्पनी सचिव सुरज राजवाहकले जानकारी दिए ।

आगामी दिनमा कम्पनीको पूँजी पर्याप्तता कायम हुने वा नहुने सम्बन्धमा विश्लेषण गरी निर्णय गर्नुपर्ने तथा अन्य कम्पनीलाई गाभ्ने वा गाभिने गर्नुपर्ने वातावरण सृजना भएमा सोही बमोजिम निर्णय गर्नु उचित हुने भन्दै कम्पनीले हाललाई लाभांश वितरण नगर्ने निर्णय गरेको राजवाहकले बताए ।

बीमा समितिबाट जारी गरिएको जोखिममा आधारित पूँजी सम्बन्धि निर्देशिकाको अध्ययन गरि कम्पनीको व्यवसाय अनुकुल आवश्यक चुक्ता पूँजी सम्बन्धमा कम्पनीले हाल गरिँदै आएको बीमाङ्कीय अध्ययन/मुल्याङ्कन बमोजिम आउँदा दिनमा कम्पनीको चुक्ता पूँजीको पर्याप्तता कायम हुने/नहुने सम्बन्धमा विश्लेषण गरी निर्णय गर्नुपर्ने कम्पनीले जनाएको छ ।

यस्तै अन्य कम्पनीहरुलाई गाभ्ने।गाभिने वा प्राप्ति गर्ने तथा कम्पनीको अन्य व्यवसायिक रणनीति अनुरुप अन्य कम्पनीसँग गाभ्ने।गाभिने वा प्राप्तिको वातावरण सृजना भएमा सो पश्चात कायम हुने चुक्ता पूँजीको सम्बन्धमा समेत आवश्यक अध्ययन तथा विश्लेषण गरी निर्णय गर्नु वाञ्छनीय भएकोले हाललाई लाभांश प्रस्ताव नगर्ने निर्णय गरिएको कम्पनीले नेप्से मार्फत जारी गरेको सूचनामा उल्लेख छ ।

बैठकले आगामी (२०७९) चैत मसान्तसम्म बीमा समितिले तोके बमोजिम २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउन जगेडा कोषमा पर्याप्त रकम भएपनि हाललाई गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । यद्यपी, बीमा समितिले तोकेकै समयमा चुक्ता पूँजी २ अर्ब ५० करोड र्पुयाउने कम्पनीले बताएको छ ।

कम्पनीले हालैमात्र चुक्ता पूँजी ३० प्रतिशत हकप्रद निष्कासन गरेको थियो । सो हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब २८ करोड ६० लाख ८१ हजार रुपैयाँ पुगेको छ । कम्पनीको १५ औं तथा १६ औं वार्षिक साधारण सभाले ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो ।

बैठकले कम्पनीको आव २०७७/७८ को बीमा समितिबाट जारी वित्तीय विवरण तयार गर्ने सम्बन्धि निर्देशन बमोजिमको वित्तीय विवरणहरुको साथै नेपाल वित्तीय प्रतिवेदनमान अनुरुपको वित्तीय विवरणहरु पारित गरी बीमा समितिको स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।