बैंक अफ काठमाण्डूको बिओके प्रिमियम प्लस बचत खाता


उच्च ब्याजदर दिनेगरी बैंक अफ काठमाण्डूले बिओके प्रिमियम प्लस बचत खाता सार्वजानिक गरेको छ ।

हाल बैंकिङ्ग क्षेत्रहरुमा साधारणतया बैंकहरुले बचत खातामा ग्राहकलाई प्रदान गर्ने ब्याजदरभन्दा बढी ब्याजदरको ब्यवस्था सहित विभिन्न किसिमका निशूल्क सुबिधाहरु रहेको बचत खाताबाट सेवाग्राही लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

“अब बचत गर्ने अझ बढ्नेछ रहर, जब पाइन्छ अन्य खाताहरु भन्दा अधिक ब्याजदर” भन्ने नाराका साथ सार्वजनिक गरीएको बचत खातामा ग्राहकले ८.०३ प्रतिशत व्याज पाउने छन् ।

१० हजार रुपैंया न्युनतम मौज्दातमा खाता खोल्न सकिने बैंकले जनाएको छ । चेक बुक, व्यालेन्स सर्टिफिकेट, डिम्याट खाता, इकमर्श एक्टिभेसन, खाताको विवरण, मेरो सेयर, कनेक्ट आईपीएस, डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोेबाईल बैैंकिङ्ग सेवा निशुल्क उपलब्ध गराइने बैंकले जनाएको छ ।

बैंकले ९८ शाखा कार्यालयहरु, ९३ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।