स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा ओपन नलेज नेपाललाई ३० लाख रुपैयाँ सहायता प्रदान

0
Shares


स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल (SCB) द्वारा ओपन नलेज नेपालका किशोरी प्रोजेक्टलाई सहयोगार्थ ३० लाख ३६ हजार रुपैयाँ (युएस डलर २५ हजार )सहयोग प्रदान गरेको छ ।

किशोरी प्रोजेक्टले किशोरावस्थाका युवतीहरुलाई आधारभूत, वित्तीय, डिजिटल र जीवनोपयोगी सीपहरुबाट प्रोत्साहित, सशक्त एवं सुसज्जित गर्ने लक्ष्य राखेको छ । परियोजना ७ वटै प्रदेशहरुका १० सामुदायिक कलेजहरुमा १०० भन्दा बढी उच्च शिक्षा अध्ययन गरिरहेका युवतीहरुका लागि लक्षित रहनेछ र यसको कार्यान्वयन पक्षमा शेक्वेल फाउण्डेसनले जिम्मा लिएको छ ।

यो परियोजना बृहत् आर्थिक समावेशीकरणलाई प्रवद्र्धन गर्दै असमानताको सम्बोधनका लागि बैंकको विश्वव्यापी पहल “फ्यूचर्समेकर्स बाई स्ट्याण्डर्ड चार्टर्ड” संग मिल्दोजुल्दो छ ।

सहायता रकम बैंकका कर्पोरेट अफेयर्स, ब्राण्ड एण्ड मार्केटिङ्ग प्रमुख प्रनु सिंहद्वारा ओपन नलेज नेपालका सिइओ निकेश बलामीलाई हस्तान्तरण गरिएको थियो । रकम हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उनले भने “विभिन्न सीपहरु सिकाउने र समाजमा आवश्यक प्रगति एवं परिवर्तन ल्याउन सहयोग गर्ने लक्ष्य लिएको ओकेएनसँग सहकार्य गर्न पाउँदा बैंक हर्षित भएको छ ।”

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।