स्ट्याण्डर्ड चार्टर्डद्वारा ओपन नलेज नेपाललाई ३० लाख रुपैयाँ सहयोग


स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले ओपन नलेज नेपालका किशोरी प्रोजेक्टलाई ३० लाख ६० हजार रुपैंया सहयोग उपलब्ध गराएको छ ।

किशोरी प्रोजेक्टले किशोरावस्थाका युवतीहरुलाई आधारभूत, वित्तीय, डिजिटल र जीवनोपयोगी सीपहरुबाट प्रोत्साहित, सशक्त एवं सुसज्जित गर्ने लक्ष्य राखेको छ ।

परियोजना ७ वटै प्रदेशहरुका १० सामुदायिक कलेजहरुमा १०० भन्दा बढी उच्च शिक्षा अध्ययन गरिरहेका युवतीहरुका लागि लक्षित रहनेछ र यसको कार्यान्वयनको जिम्मा शेक्वेल लिएको छ । यो परियोजना बृहत् आर्थिक समावेशीकरणलाई प्रवद्र्धन गर्दै असमानताको सम्बोधनका लागि बैंकको विश्वव्यापी पहल “फ्यूचर्स मेकर्स बाई स्ट्याण्डर्ड चार्टर्ड” सँग मिल्दो छ ।

सहायता रकम बैंकका कर्पोरेट अफेयर्स, ब्राण्ड एण्ड मार्केटिङ्ग प्रमुख प्रनु सिंहद्वारा ओपन नलेज नेपालका सिइओ निकेश बलामीलाई हस्तान्तरण गरिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।