नेप्सेमा प्रुडेन्सियल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

0
Shares

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड (PICL) को बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार सूचीकृत भएको छ ।

नेप्सेका अनुसार कम्पनीको ७ प्रतिशतले हुन आउने ७ लाख ७५ हजार ९८२ दशमलव ५९ कित्ता बोनस सेयर सूचीकृत भएको हो । सूचीकृत बोनस सेयर साधारण सभाका लागि बुकक्लोजनको अघिल्लो कारोबारदिनसम्म कायम सेयरधनीले डिम्याट खातामा प्राप्त भएपछि किनबेच गर्न सक्नेछन् ।

कम्पनीको गत बैशाख ११ गते सम्पन्न २० औं वार्षिक साधारण सभाले गत आव २०७७।७८ को नाफाबाट प्रस्तावित चुक्ता पूँजी १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५६० रुपैयाँको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३६८ प्रतिशत नगद गरी कूल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले चैत्र २४ गते बिहीबार एक दिन सेयर दाखिल खारेजी (बुकक्लोज) गरेको थियो ।

बुकक्लोज अनुसार चैत्र २३ गते बुधबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । प्रस्तावित बोनस सेयर पारितपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब १८ करोड ८१ लाख ४४ हजार ८१९ रुपैयाँ पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।