नेपाल फाइनान्सको १२ औं शाखा पालुङटारमा

0
Shares


नेपाल फाइनान्स लिमिटेडको १२ औं शाखा गोरखाको पालुङटारमा संचालनमा आएको छ ।

विहीबार एक कार्यक्रमका बिच नेपाल फाइनान्स लिमिटेडका सञ्चालक दिप्रश शाक्यले शाखाको उद्घाटन गरेका हुन।

नेपाल फाइनान्स लिमिटेडले देश भर शाखा विस्तार गर्ने क्रममा पालुङटारमा पनि यो ब्रान्च खोलेको नेपाल फाइनान्स लिमिटेडका ब्रान्च म्यानेजर सुदिप रिसालले बताए ।

फाइनान्सले घरेलुु तथा साना उद्योगहरुमा लगानि गर्नका लागि अलिकति दुर्गम क्षेत्रमा पनि काम गर्न लागेको रिसालले जानकारी दिए।

नेपाल फाइनान्स लिमिटेडको गोरखा सहित ९ जिल्लामा शाखा बिस्तार गरिसकेको छ ।

कार्यक्रममा पालुङटारका पुर्व मेयर दिपक बाबू कंडेल स्थानिय बैंकका कर्मचारीहरु, स्थानिय राजनितीक दलका प्रतिनिधि र स्थानियहरुको उपस्थिति रहेको थियोे।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।