जीवन बीमा कम्पनीहरुको बीमाशुल्क संकलन खर्ब नाघ्यो, कसको कति तथ्याङ्कमा हेर्नुहोस्

0
Shares

जीवन बीमा कम्पनीहरुको बीमा शुल्क संकलन साढे ११ प्रतिशतले बढेको छ । बीमा जनचेतना विस्तारसँगै बीमा कम्पनीहरको पोलिसी बिक्री दरमा सुधार आएपछि बीमा शुल्क संकलन बढेको हो ।

चालु आर्थिक वर्षको बैशाख महिनासम्ममा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले २०७९ बैशाख मसान्तसम्ममा एक खर्ब १० अर्ब ४० करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । यो बीमा शुल्क संकलन गत आव सोही अवधिमो तुलनामा चालु आवको ११.६४ प्रतिशतले धेरै हो । गत आर्थिक वर्ष २०७७/७८ को दश महिना अवधिमा ९८ अर्ब ८९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए ।

बैशाख मसान्तसम्ममा १९ जीवन बीमा कम्पनीहरुले ३१ अर्ब २६ करोड ५४ लाख ८ हजार रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन् । यो रकम कुल बीमाशुल्कको २८.३२ प्रतिशत हो । यस्तै चालु आर्थिक वर्षको दश महिनामा जीवन बीमा कम्पनीहरुले ७९ अर्ब १३ करोड ६७ लाख ९ हजार रुपैयाँ नविकरण शुल्क संकलन गरेका छन् ।

बैशाख मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले १ करोड २३ लाख ७१ हजार ६९१ वटा बीमालेख जारी गरेका छन् । बैशाखमा मात्रै ९ लाख ९७ हजार ८५४ वटा बीमालेख जारी गरेको बीमा समितिले जनाएको छ ।

Life Insurance Premium Collection in crore
S.N. Name Baisak 2079 Only Till 2079 Baisak End
1 Nepal Life Insurance 198.4429 2,835.8007
2 Life Insurance Co. 106.9172 1,352.5552
3 National Life Insurance 86.2562 1,098.4341
4 Rastriya Beema Sansthan 25.7187 724.1340
5 Union Life Insurance 37.1065 652.5758
6 Asian Life Insurance 40.0582 553.3951
7 Met Life Insurance 34.0232 437.4316
8 Citizen Life Insurance 35.7874 426.3112
9 Prime Life Insurance 25.4667 414.9088
10 Surya Life Insurance 29.2038 392.9016
11 Sun Nepal Life Insurance 22.6099 326.4409
12 Reliable Nepal Life Insurance 22.4318 321.4378
13 Jyoti Life Insurance 25.6021 288.7141
14 IME Life Insurance 17.8842 256.7505
15 Gurans Life Insurance 20.5381 253.8708
16 Reliance Life Insurance 22.5339 239.6383
17 Sanima Life Insurance 15.2456 188.4771
18 Prabhu Life Insurance 9.9785 157.8998
19 Mahalaxmi Life Insurance 10.3926 118.5343
Total 786.20 11,040.21

कुल बीमाशुल्कको २६ प्रतिशत प्रिमियम नेपाल लाइफको

नेपाल लाइफ इन्स्योरेन्सले बैशाख २८ अर्ब ३५ करोड ८० लाख ७ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको हो । यो रकम जीवन बमिा क्षेत्रको कुल बीमा शुल्कको एक खर्ब १० अर्ब ४० करोड २१ लाखको २५.६९ प्रतिशत हो ।

२०७८ बैशाखसम्ममा कम्पनीले २६ अर्ब ८४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेकोमा समीक्षा अवधिमा ५.६६ प्रतिशतले वृद्धि गरेको हो । यसैगरी लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड र नेशन लाइफ क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेको छ । बैशाखसम्ममा एलआईसीले १३ अर्ब ५२ करोड ५५ लाख (१२.२५ प्रतिशत) र नेशनल लाइफले १० अर्ब ९८ करोड ४३ लाख (९.९५ प्रतिशत) रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिको तुलनामा एलआईसीको बीमाशुल्क ५.२८ प्रतिशतले घट्दा नेशनल लाइफले १८.६२ प्रतिशतले बढेको हो । २०७८ बैशाख मसान्तसम्ममा एलआईसीले १४ अर्ब २९ करोड र नेशनल लाइफले ९ अर्ब २६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार बैशाख मसान्तसम्ममा राष्ट्रिय बीमा संस्थानले ७ अर्ब २४ करोड (६.५६ प्रतिशत), युनियन लाइफले ६ अर्ब ५२ करोड (५.९१ प्रतिशत), एशियन लाइफ ५ अर्ब ५३ करोड (५.०१ प्रतिशत), मेट लाइफले ४ अर्ब ३७ करोड (३.९६ प्रतिशत), सिटिजन्स लाइफ ४ अर्ब २६ करोड (३.८६ प्रतिशत), प्राइम लाइफ ४ अर्ब १५ करोड (३.७६ प्रतिशत), सूर्या लाइफ इन्स्योरेन्स ३ अर्ब ९३ करोड (३.५६ प्रतिशत), सन नेपाल लाइफ ३ अर्ब २६ करोड (२.९६ प्रतिशत), रिलायबल नेपाल लाइफ ३ अर्ब २१ करोड (३.९१ प्रतिशत) माथि बीमाशुल्क संकलन गरेको छ ।

यसैगरी ज्योति लाइफले २ अर्ब ८८ कराड, आईएमई लाइफ इन्स्योरेन्स २ अर्ब ५६ करोड, गुराँस लाइफ इन्स्योरेन्स २ अर्ब ५४ करोड, रिलायबल लाइफ २ अर्ब ३९ करोड कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा लाइफ, प्रभु लाइफ, महालक्ष्मी लाइफ इन्स्योेरेन्सको कुल बीमाशुल्क संकलन दुई अर्बभन्दा कम बीमाशुल्क संकलन गरेका छन् । सानिमा लाइफले १ अर्ब ८८ करोड, प्रभु लाइफले १ अर्ब ५८ करोड र महालक्ष्मी लाइफ इन्स्योरेन्सले १ अर्ब १८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

व्यवसाय वृद्धिका आधारमा शीर्ष ६ मा सबै नयाँ कम्पनी

चालु आर्थिक वर्षको दश महिना अवधिमा जीवन बीमा कम्पनीहरुले अघिल्लो आवको यसै अवधिको तुलनामा ११.६४ प्रतिशतले वृद्धि गर्दै १ खर्ब १० अर्ब ४० करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

सञ्चालनमा रहेका १९ मध्ये १० नयाँ कम्पनीको कुल बीमाशुल्क वृद्धिदर धेरै छ । जसमध्ये शीर्ष ६ मा सबै नयाँ कम्पनी रहेका छन् भने शीर्ष दशमा ९ वटा नयाँ जीवन बीमा रहेका छन् । यसबाट पनि नयाँ बीमा कम्पनी व्यवसाय विस्तारमा आक्रमक रहेको बुझ्न कठिन हुँदैन । बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार दश वटा नयाँ जीबन बीमा कम्पनीको बीमा शूलकको आधारमा बजार हिस्सा २६।९६ प्रतिशत देखिएको छ । यस अवधिमा नयाँ दश जीवन बीमा कम्पनीले २९ अर्ब ७६ करोड ७८ लाख रुपैयाँ संकलन गरेको छ ।

चारवर्ष अघि स्थापना भएका नयाँ जीवन बीमा कम्पनीहरुले नयाँ व्यवसाय विस्तारमा पुराना कम्पनीहरुलाई टक्कर दिने गरि अगाडि बढ्न थालेका छन्। व्यवसायको वृद्धिको आधारमा मात्र होइन रकमका आधारमा पनि युनियन लाइफले पुराना कम्पनीहरु एशियन लाइफ, मेट लाइफ, प्राइम लाइफ, सूर्या लाइफ र गुराँस लाइफ इन्स्योरेन्सलाई पछाडि पार्दै बीमाशुलक रकमका आधारमा शीर्ष पाँचभित्र समेटिएको छ ।

Life Insurance Premium Collection in crore
S.N. Name Till Baisak 2079  Till Baisak 2078  Growth %
1 Sun Nepal Life Insurance 326.4409 181.0000 80.35
2 Mahalaxmi Life Insurance 118.5343 72.0000 64.63
3 Citizen Life Insurance 426.3112 271.0000 57.31
4 Reliable Nepal Life Insurance 321.4378 239.0000 34.49
5 Prabhu Life Insurance 157.8998 118.0000 33.81
6 IME Life Insurance 256.7505 198.0000 29.67
7 Prime Life Insurance 414.9088 327.0000 26.88
8 Union Life Insurance 652.5758 541.0000 20.62
9 Reliance Life Insurance 239.6383 201.0000 19.22
10 Jyoti Life Insurance 288.7141 243.0000 18.81
11 National Life Insurance 1,098.4341 926.0000 18.62
12 Sanima Life Insurance 188.4771 162.0000 16.34
13 Surya Life Insurance 392.9016 341.0000 15.22
14 Asian Life Insurance 553.3951 490.0000 12.94
15 Nepal Life Insurance 2,835.8007 2,684.0000 5.66
16 Rastriya Beema Sansthan 724.1340 718.0000 0.85
17 Met Life Insurance 437.4316 436.0000 0.33
18 Life Insurance Corporation Nepal 1,352.5552 1,428.0000 -5.28
19 Gurans Life Insurance 253.8708 313.0000 -18.89
Total 11,040.21 9,889.00 11.64

अघिल्ला वर्षहरुमा नै वृद्धि गरेको व्यवसाय (पुराना बीमा पोलिसी) बाट प्राप्त हुने बीमाशुल्क संकलन र नवीकरणमा पुराना कम्पनीहरु रमाउँदै गर्दा नयाँ बीमा कम्पनीहरुलाई पुराना कम्पनीहरुसँग प्रतिस्पर्धामा उत्रन पनि नयाँ बीमा पोलिसी बिक्री गर्नुपर्ने चुनौती छ । यसले पनि नयाँ कम्पनीहरुलाई व्यवसाय विस्तार गर्नेपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको देखिन्छ । कयौं वर्षदेखि बीमा बजारमा अधिपत्य जमाएका बीमा कम्पनीहरुको व्यवसाय विस्तार (नयाँ बीमा पोलिसी बिक्री) को दर निकै सुस्त देखिएको छ। पुराना दुई बीमा कम्पनीको व्यवसाय विस्तार अघिल्लो आवमा भन्दा गत वर्षमा घटेको तथ्याङ्कमा देखिएको छ ।

बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार १४ कम्पनीको कुल बीमाशुल्क वृद्धिदर औषतभन्दा धेरै छ । पाँच कम्पनीको मात्र औषतभन्दा कम रहेको छ । यस अवधिमा सन नेपाल लाइफ इन्स्योरेन्सको कुल बीमाशुल्क संकलन सर्वाधिक ८०.३५ प्रतिशतले वृद्धि भएको छ । यसैगरी दोस्रो स्थानमा रहेको महालक्ष्मी विकास इन्स्योरेन्सको ६४.६३ प्रतिशत र तेस्रो स्थानमा रहेका सिटिजन्स लाइफले ५७.३१ प्रतिशतको वृद्धि रहेको छ ।

विसं २०७८ बैशाखको तुलनामा २०७९ बैशाखसम्म संकलित कुल बीमाशुल्कका आधारमा रिलायबल नेपाल लाइफले समीक्षा अवधिमा ३४.४९ प्रतिशत, प्रभु लाइफ ३३.८१ प्रतिशत, आईएमई लाइफ इन्स्योरेन्स २९.६७ प्रतिशत, प्राइम लाइफ २६.८८ प्रतिशत र युनियन लाइफ इन्स्योरेन्सको कुल बीमाशुल्क संकलन २०.६२ प्रतिशतले वृद्धि गरेको छ ।

यसैगरी थप ६ जीवन बीमा कम्पनीको वार्षिक वृद्धि दशदेखि २० प्रतिशतको बीचमा, तीन कम्पनीको पाँच प्रतिशतभन्दा कम र दुई कम्पनीको बीमाशुल्क संकलन अघिल्लो आवको दश महिनको तुलनामा घटेको छ ।

बीमा समितिका अनुसार अघिल्लो बैशाखको तुलनामा रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नो बीमाशुल्क संकलन १९.२२ प्रतिशत, ज्योति लाइफ १८.८१ प्रतिशत, नेशनल लाइफ१८.६२ प्रतिशत, सानिमा लाइफ १६.३४ प्रतिशत, सूर्या लाइफ इन्स्योरेन्स १५.२२ प्रतिशत र एशियन लाइफले १२.९४ प्रतिशतले कुल बीमाशुल्क संकलन वृद्धि गरेको छ । यस्तै नेपाल लाइफ इन्स्योरेन्सको कुल बीमाशुल्क संकलन ५.६६ प्रतिशत, राष्ट्रिय बीमा संस्थान ०.८५ प्रतिशत र मेट लाइफको कुल बीमाशुल्क संकलन ०.३३ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा गुराँस लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले संकलन गरेको बीमाशूल्क भने घटेको छ । यस अवधिमा एलआईसीको कुल बीमाशुल्क संकलन गत बैशाखको तुलनामा चालु आवको यसै अवधिमा ५.२८ प्रतिशत र गुराँस लाइफ इन्स्योरेन्सको कुल बीमाशुल्क संकलन १८.८९ प्रतिशतले घटेको बीमा समितिले जनाएको छ ।

बैशाखमा महिनामा कुनले कति उठाए बीमाशुल्क ?

बैशाख महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले ७ अर्ब ८६ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । जसमध्ये नेपाल लाइफ र एलआईसीले एक अर्ब माथि बीमाशुल्क संकलन गरेका छन् । नेपाल लाइफले बैशाख महिनामा १ अर्ब ९८ करोड र एलआईसीले १ अर्ब ६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

Life Insurance Premium Collection in crore
S.N. Name Baisak 2079 Only
1 Nepal Life Insurance 198.4429
2 Life Insurance Co. 106.9172
3 National Life Insurance 86.2562
4 Asian Life Insurance 40.0582
5 Union Life Insurance 37.1065
6 Citizen Life Insurance 35.7874
7 Met Life Insurance 34.0232
8 Surya Life Insurance 29.2038
9 Rastriya Beema Sansthan 25.7187
10 Jyoti Life Insurance 25.6021
11 Prime Life Insurance 25.4667
12 Sun Nepal Life Insurance 22.6099
13 Reliance Life Insurance 22.5339
14 Reliable Nepal Life Insurance 22.4318
15 Gurans Life Insurance 20.5381
16 IME Life Insurance 17.8842
17 Sanima Life Insurance 15.2456
18 Mahalaxmi Life Insurance 10.3926
19 Prabhu Life Insurance 9.9785
Total 786.20

तथ्याङ्क अनुसार बैशाख मसान्तसम्ममा राष्ट्रिय बीमा संस्थाले बैशाख महिनामा नेशनल लाइफले ८६ करोड २५ लाख, एशियन लाइफले ४० करोड ६ लाख, युनियन लाइफले ३७ करोड १० लाख, सिटिजन्स लाइफ ३५ करोड ७८ लाख, मेट लाइफले ३४ करोड २ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

यसैगरी सूर्या लाइफ इन्स्योरेन्सले बैशाख महिनामा मात्रै २९ कराेड २० लाख, राष्ट्रिय बीमा संस्थानले २५ कोड ७१ लाख, ज्योति लाइफ २५ करोड ६० लाख र प्राइम लाइफले २५ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । बाँकी आठ कम्पनीको बीमाशुल्क संकलन २५ करोडभन्दा कम छ ।

बैशाख मसान्तसम्ममा सन नेपाल लाइफ इन्स्योरेन्सले २२ करोड ६१ लाख, रिलायन्स लाइफ २२ करोड ५३ लाख, रिलायबल नेपाल लाइफ २२ करोड ४३ लाख, गुराँस लाइफ इन्स्योरेन्स २० करोड ५३ लाख, आईएमई लाइफ इन्स्योरेन्स १७ करोड ८८ लाख, सानिमा लाइफ १५ करोड २४ लाख, महालक्ष्मी लाइफ इन्स्योरेन्स १० करोड ३९ लाख र प्रभु लाइफले सबैभन्दा कम ९ करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।