खुलामुखी एनआईबिएल सहभागिता फण्डको आकार १ अर्ब पुर्‍याउन बोर्डको अनुमति


नेपाल इन्भेष्टमेण्ट बैंक कोष प्रवर्द्धक तथा एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “एनआईबिएल सहभागिता फण्ड” को आकार बढाउन धितोपत्र बोर्डले स्वीकृति दिएको छ ।

खुलामुखी योजनाको यस अघि स्वीकृत विवरण पुस्तिकामा उल्लेखित आकार ५० करोड रुपैयाँ अर्थात ५ करोड इकाई रहेकोमा बोर्डले २०७९ जेठ १७ गतेदेखि लागू हुनेगरि बोर्डले फण्डको आकार १ अर्ब अर्थात १० करोड इकाई कायम गर्न अनुमति दिएको हो ।

बोर्डको अनुमति पाएसँगै कोषको आकार वृद्धि गरिएको क्यापिटलले जनाएको छ ।

योजनाका इकाईहरुको कारोबार योजना व्यवस्थापकको सम्पूर्ण शाखा कार्यालयहरु, तोकिएको वितरकका कार्यालयहरु र अनलाईन मार्फत गर्न सकिने क्यापिटलले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।