डोकोमा नोट बोकेर जिल्ला जानुपर्ने अवस्थाको अन्त्यले डिजिटल भुक्तानीको विकास झल्किन्छ : गभर्नर


नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भुक्तानी प्रणालीमा डिजीटाइजेशनको विकास उत्साहजनक देखिएकोे बताएका छन् । शुक्रबार ब्राण्डवर्थ प्रालिले काठमााडौंमा आयोजना गरेको दोस्रो चरणको फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२ लाई सम्बोधन गर्दै गर्भनर अधिकारीले कोरोना कालपछि नेपालले डिजीटल पेमेन्टमा फड्को मारेको बताए ।

पछिल्लो २ बर्षमा नेपालको अर्थतन्त्र व्यापाक रुपमा डिजीटलाइज भएको उनले बताए । ‘पहिले डोकोमा नोट बोकरमा जिल्लामा पुर्याउनुपर्थ्यो । तर, अहिले त्यस्तो अवस्था छैन,’ उनले भने, ‘कोरोना पछि भने भुक्तानी प्रणालीमा नयाँ मोड आएको छ ।

यसको लागि भिसा, मास्टर कार्ड, नेपालका प्रक्डट डेप्लपहरु, बैंक तथा वित्तिय संस्था, भुक्तानी सेवा प्रदायक कम्पनीहरुको महत्वपूर्ण योगदा छ ।’ सरकारी सेवाको भुक्तानी ९० प्रतिशत बैंक मार्फत हुने गरेको उनले जानकारी दिए । छोटो समयमा भएको यो रुपान्तरण उपलब्धीमुलुक रहेको गभर्नरको भनाई छ ।

‘मैले २०७७ पुस १० गते नक्सालको तरकारी बजारमा क्यूआर पेमन्ट सुविधाको उद्घाटन गरेको थिए । त्यसबेला छोटो समयमै नेपालीको भुक्तानी प्रणाली यो स्तरमा आउला भन्ने लागेको थिएन,’ उनले थपे, ‘आजको दिनसम्म आउँदा अधिकांश क्षेत्रमा अनलाइन भुक्तानीको सुविधा विस्तार भएको छ । म केही समयअघि हलेसी मन्दीरमा जाँदा बाटोमा कतै पनि नगद पैसा भिक्न परेन । मोवाइलबाटै पेमेन्ट गर्ने सुविधा थियो । यो डिजीटल भुक्तानीमा भएको ठुलो उपलब्धी हो ।’

नेपाललाई फुल्ली डिजीटलाइज तथा पेपरलेस बनाउन बाँकी नै रहेको बताएका गभर्नरले दुर्गममा मोवाइल, इन्टरनेटका साथै डिजीटल पेमेन्ट विस्तार गर्ने काम बाँकी रहेको उनको भनाई थियो । डिजीटल करेन्सी ल्याउने बिषयमा काम गर्न बाँकी रहेको भन्दै उनले बैंकको कार्यलय कहाँ छ भन्ने थाहा नपाउने आवस्था बन्नु पर्ने बताए ।

कुनै प्रदेश वा स्थानीय तहलाई पूर्ण डिजिटल बनाएर अरु प्रदेश तथा स्थानीय तहमा बिस्तारित गर्नुपर्नेमा जोड दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।