नेपाल डिस्टिलरिजको वातावरण संरक्षण तथा दिगोपना विकासका लागि प्रतिबद्धता

0
Shares

खुकुरी रमको उत्पादक दि नेपाल डिस्टिलरिज प्रालिले विश्व वातावरण दिवसको अवसरमा वातावरण संरक्षण तथा दिगोपना विकासका लागि निम्न प्रतिबद्धता जनाएको छ ।

विश्व वातावरण दिवसको अवसरमा कम्पनीले विभिन्न पाँच प्रतिबद्धता जनाएको महाप्रबन्धक सुभास लामिछाने बताए । जसमा कम्पनीले उत्पादन प्रक्रियाका क्रममा निस्किने फोहोरहरुलाई ३ वर्षभित्रमा शतप्रतिशत शून्यमा झार्ने र पुनः प्रयोग गर्ने अवस्था बनाउने प्रतिबद्धता गरेको छ । हाल कम्पनी ९८ प्रतिशत व्यवस्थापन गरिरहेको छ ।

यस्तै कम्पनीले सन् २०३२ सम्ममा शतप्रतिशत दिगो प्याकेजिङलाई कार्यान्वयनमा ल्याइसक्ने बताएको छ । अहिले पनि सकेसम्म वातावरणमा हुनसक्ने नकारात्मक प्रभावलाई कम गर्न निरन्तर हाम्रा सप्लायर्स र विज्ञहरुसँग काम गरिरहेका कम्पनीले जनाएको छ ।

यस्तै कम्पनीले आफ्ना उत्पादनमा प्रयोग हुने बोतलहरु संकलन गर्ने इकोसिस्टमको विकास गरिरहेका भन्दै बोतलहरु पुनः प्रयोग गर्ने जनाएको छ । अत्याधुनिक प्रविधिको सहयोगले बोतलहरु सफा गरी पुनः प्रयोग गर्ने थिति बसाल्ने काममा कम्पनी अग्रसर रहेको जनाएको छ । हाल नेपालमा यस्तो अभ्यास धेरैजसो बियर उद्योगहरुले गरिरहेका छन् ।

यसैगरी आगामी तीन वर्षभित्रमा हामी ग्रीन इनर्जीको अवधारणालाई कार्यान्वयनको तहमा पुर्याइसक्ने र विगत २ वर्षदेखि नेपाली सेनासँगको सहकार्यमा भईरहेको हिमाल सरसफाईमा कामलाई आगामी दिनहरुमा समेत यो सहकार्य गरी अभियान जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

नेपालको स्थापित तथा अग्रणी ब्राण्ड खुकुरी रमको उत्पादक नेपाल डिस्टिलरिज संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।