डिजिटल करेन्सी अन्वेषण गर्दै १०५ देशका केन्द्रीय बैंक

0
Shares

एटलान्टिक काउन्सिलको जीयोइकोनोमिक सेन्टरले केन्द्रीय बैंकद्धारा स्वीकृत डिजिटल करेन्सी ट्रयाकरको नयाँ तथ्यांक सार्वजनिक गरेको छ । ट्रयाकरका अनुसार विश्वव्यापी जीडिपीको ९५ प्रतिशत ओगटेका १०५ देशहरुले केन्द्रीय बैंकद्धारा स्वीकृत डिजिटल करेन्सी अन्वेषण गरिरहेका छन् ।

यसै क्रममा ५० देशहरुले डिजिटल करेन्सी विकास गरिसकेका छन् । यसैगरी ट्रयाकरको तथ्यांक अनुसार १० देशहरुले डिजिटल करेन्सी लञ्च गरिसकेका छन् । चीन पाइलट भर्जन सन् २०२३ सम्म लन्च गर्ने तयारी भएको छ ।

यसैगरी जी२० मध्येका १९ देशहरुले डिजिटल करेन्सीको अन्वेषण गरिरहेका छन् । दक्षिण कोरिया, जापान, भारत, रुस लगायतका १६ देशहरुले डिजिटल करेन्सी विकास गरी पाइलट फेजमा रहेका छन् । गत महिना बैंक अफ एन्टरनेशनल सेटलमेन्ट (बीआइएस)ले प्रकाशन गरेको प्रतिवेदनको तथ्यांक अनुसार १० मध्येका ९ केन्द्रीय बैंकहरुले डिजिटल करेन्सी लन्च गर्ने प्रक्रिया अघि सारेको जनाएको थियो ।

विकेन्द्रीकृत प्रणालीमा कारोबार हुने क्रिप्टोकरेन्सी तथा स्टेबलबोइनको विकास तीव्र रुपमा अगाडि बढेपछि केन्द्रीय बैंकहरुमा आफ्नै डिजिटल करेन्सी लन्च गर्नु पर्ने चाप बढेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

चीनले डिजिटल युवानलाई सक्रिय रुपमा टेस्ट गरिरहेको छ भने भारतले पनि डिजिटल रुपीको विकासमा काम गरिरहेको छ । ग्रेडेड एप्रोच अपनाएर भारतीय रिजर्भ बैंकले यहि आर्थिक वर्षमा डिजिटल करेन्सी लन्च गर्ने तयारी सुरु गरेको छ ।
यसैगरी भारतीय रिजर्भ बैंकका डेपुटी गर्भनर टी रवि शङ्करले केन्द्रीय बैंकले डिजिटल करेन्सी लन्च गरेपछि त्यसले क्रिप्टोकरेन्सीको पत्तासाप गर्ने बताएका छन्।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।