एनएमबि बैंकद्वारा नागार्जूनमा वृक्षारोपण, वातावरणस सरंक्षणमा जोड


एनएमबि बैंकले एनएमबि ग्रिन फिक्सड डिपोजिट अभियानको प्रतिफल स्वरुप वातावरण दिवसको अवसर पारेर श्यामेश्वर गणेशमान स्मृती सामुदायीक बन, नागार्जूनमा विभिन्न वृक्षारोपण गरेको छ ।

बैंकले ग्रिन फिक्सड डिपोजिट भएका ग्राहकहरुको नाममा विभिन्न प्रजातीका १२५ प्रकारका फलफुलका विरुवा रोपेको हो ।

कार्यक्रममा सामुदायीक बनका अध्यक्ष अर्जुन राज पुरी, सहायक वन अधिकृत सरस्वति अर्याल, बैंकका कर्मचारीहरु लगायत सर्वसाधारणको उपस्थिति थियो ।

वातावरणीय संरक्षण प्रवद्र्घनको साथै वातावरणीय दायित्वप्रति सन्तुलन कायम गर्ने प्रयास स्वरुप राष्ट्रव्यापी रुपमा वृक्षारोपण गरिएको बैंकले जनाएको छ ।

यस योजना मार्फत ग्राहकवर्गलाई बैंकले उचित प्रतिफल प्रदान गर्ने मात्र नभई वातावरण संरक्षण र आर्थिक लाभ एकैसाथ प्राप्त गर्न सकिन्छ भन्ने सन्देशमुलक जानकारी दिइएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।