प्रभु बैंकका ग्राहकले दियालो फुडल्याण्डमा १५ प्रतिशतसम्म छुट पाउने

0
Shares

प्रभु बैंक लिमिटेड र दियालो फुडल्याण्ड बुटवलप्रालिका बिच र दियालो फुडल्याण्ड बुटवल प्रालिमा आकर्षक छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट खैरेनी शाखा कार्यालय प्रमुखसरोज ज्ञावली र दियालो फुडल्याण्ड बुटवल प्रालिका तर्फबाट प्रबन्ध निर्देशक मदन भण्डारीद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र दियालो फुडल्याण्ड बुटवल प्रालि. विच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले दियालो फुडल्याण्ड बुटवल प्रालिद्धारा सञ्चालित रेस्टुरेण्ट एण्ड पार्टी प्यालेसमा “फुड” मा १५ प्रतिशत र “वेभरेज” मा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उक्त सम्झौता अन्तर्गत दियालो फुडल्याण्ड बुटवल प्रा.लि. मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यु आर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, दियालो फुडल्याण्ड बुटवल प्रालिका सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।