सिबिआईएल प्रिभिलेज्ड पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस सुरु, के छ विशेषता ?


सिटिजन्स बैंकको पूर्ण स्वामित्वमा रहेको सिबिआईएल क्यापिटलले लगानीकर्ताहरुलाई लगानी व्यवस्थापन सेवा दिनका लागि नयाँ योजना सुरु गरेको छ ।

सिबिआईएल प्रिभिलेज्ड पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस नामक योजना सेवाग्राहीलाई उच्च प्रतिफल तथा सर्वोत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको क्यापिटलले जनाएको छ ।

यस योजना अन्तरगत न्युनतम १० लाख रुपैंया बराबरको रकम वा शेयर लगानी गर्नु पर्ने हुन्छ । २ वर्षे अवधिको योजनामा लगानीको रकमका आधारमा ०.९० प्रतिशत वा सोभन्दा कम सेवाशुल्क लाग्ने क्यापिटलले जनाएको छ । १० प्रतिशत हर्डल रेट निर्धारण गरिएको योजनाको पफर्मेन्स शुल्क हर्डल रेटभन्दा माथिको प्रतिफलमा प्रतिफलका आधारमा १० प्रतिशत कायम हुनेछ ।

दक्ष तथा योग्य जनशक्ति द्वारा संचालित योजनाले ग्राहकको जोखिम बहनका आधारमा कस्टुमाइज्ड लगानी व्यवस्थापन सेवा प्रवाह गर्नेछ । अनलाइन मार्फत दैनिक रुपमा लगानी व्यवस्थापनको प्रतिवेदन हेर्न मिल्ने योजनाले बजारको साप्ताहिक प्राविधिक विश्लेषण प्रतिवेदन पनि उपलब्ध गराउनेछ ।

मासिक रुपमा वृहत आर्थिक सूचकहरुको प्रतिवेदन उपलब्ध गराउने योजनाले त्रैमासिक लगानी व्यवस्थापनको प्रतिवेदन उपलब्ध गराउनुका साथै १० वा सोभन्दा बढी लगानीकर्ताको समुहलाई शेयर बजार सम्बन्धि निशुल्क तालिम पनि उपलब्ध गराउनेछ ।

यो योजनाले लगानीकर्ताहरुलाई बजारमा जोखिम कम लिएर आफ्नो लगानीलाई सुरक्षित साथ अगाडि बढाउन मद्दत गर्ने क्यापिटलले जनाएको छ । कम्पनीका दक्ष जनशक्तिले कम्पनीले अवलम्बन गरेको निति तथा नियमको अधिनमा रहि बजारमा आउने उतार चढावलाई अवसरका रुपमा लिएर सेवाग्राहीलाई अधिकतम प्रतिफल दिने उद्देश्य योजनाले लिएको छ ।

यो सेवा लिनको लागि डिल्लीबजारस्थित बाटुले घरमा रहेको सिबिआईएल क्यापिटल वा सिटिजन्स बैंकको डिल्लीबजार शाखामा सम्पर्क गर्न सकिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।