कुमारी बैंकका कार्ड होल्डरले अन्नपूर्ण केबलकारमा १० प्रतिशत छुट पाउने

0
Shares

कुमारी बैंक लिमिटेड र पोखरा स्थित अन्नपूर्ण केबलकार बीच कुमारी बैंक लिमिटेडबीच सहमति भएको छ ।

केवलकार कम्पनीसँग बैंकको ग्राहकहरुलाई अन्नपूर्ण केबलकारबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा कुमारी बैंकका गण्डकी प्रदेशका प्रमुख नवीनराज पौडेलले तथा अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरे ।

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो संस्थाबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट कार्ड वा पीओएस बाट भुक्तानी गर्दा १० प्रतिशत प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४२ शाखारहित बैंकिङ्ग इकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।