कामना सेवा विकासद्धारा झापाको कमल गाउँपालिकामा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन


कामना सेवा विकास बैंकले झापा जिल्लाको कमल गा. पा. वडा नं ०७ गेउरियामा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

कमल गा. पा. वडा नं ०७ गेउरिया बस्ने सन्तोष राईलाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ । वडा नं. ०७ का वडा अध्यक्ष पृथ्विपती राईले उक्त शाखा रहित बैंकिङ्ग सेवाको शुभारम्भ गरेका थिए ।

कार्यक्रममा कामना सेवा विकास बैंक प्रदेश नं. १ का प्रमुख खिमलाल भुसाल, गेउरिया बजार समितीका अध्यक्ष नारायण प्रसाद निरौला लगायत बैंकका अन्य कर्मचारीहरु, व्यावसायिक प्रतिनिधि तथा स्थानीयको उपस्थिती थियो ।

शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिने बैंकले जनाएको छ । सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।