“निःशुल्क शौचालय” अभियानमा “छाँया सेन्टर” ऐक्यबद्ध

0
Shares

काठमाण्डौंको ठमेलमा रहेको व्यवसायिक भवन छायाँ सेन्टरले पनि काठमाडौं महानगरपालिकाका नवनिवार्चित मेयर बालेन्द्र शाहको निःशुल्क शौचालय अभियानलाई सघाउने भएको छ ।

उक्त व्यापारिक भवन भित्र रहेको १२ वटै शौचालय सर्वसाधारण तथा पर्यटकहरुका लागि निःशुल्क खुल्ला गरेको छाँया सेन्टरका सञ्चालक सुमन पाण्डेले जानकारी दिए ।

मेयर शाहबाट धोषित निःशुल्क शौचालय सेवाको महान अभियानमा ठमेल–२६ स्थित छायाँ सेन्टर, पर्यटकीय व्यापारिक कम्प्लेक्सले समेत सहभागीता जनाउने निर्णय गरेको हो ।

काठमाडौं महानगरपालिकाका नवनिवार्चित मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोल तथा ३२ वटै वडाका अध्यक्ष तथा सदस्यहरुले नगर सभाको पहिलो बैठकबाट निःशुल्क शौचालय अभियान सुरु गर्ने निर्णय गरेका थिए ।

पछिल्लो समय काठमाण्डौंमा चेन रेष्टरेन्टका रुपमा सञ्चालन गरिएका रेष्टुरेन्टदेखि ब्यवसायिक रुपमा स्थापित विभिन्न संस्थाहरुले निःशुल्क शौचालय अभियानमा साथ दिइरहेका छन् । नबिल बैंक, होन्डा शोरुम र विभिन्न रेष्टुरेन्टहरुले आफ्नो शौचालय सार्वजनिक रुपमा निःशुल्क शौचालय प्रयोग गर्न दिने घोषणा गरिसकेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।