विद्यालय र कार्यालय समय फरक पारेर ट्राफिक जाम व्यवस्थापन गर्न प्रकाशमान सिंहको सुझाव


नेपाली काँग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहले काठमाण्डौंको ट्राफिक जाम न्यनीकरणका लागि विद्यालय र सरकारी कार्यालयको समय अलग बनाउनु पर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता सिंहले सडक जामको अवस्था उत्कर्षमा पुगेकाले विकल्पहरु खोजिनुपर्ने बताएका हुन् ।

यसका साथै बढ्दो महंगी नियन्त्रण नभए सर्वसाधारणको दैनिकी कष्टकर बन्ने बताएका उनले फोहोर व्यवस्थापन तत्काल गर्नुपर्नेमा जोड दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: २६ जेठ २०७९, बिहीबार  १२ : ०० बजे