सिजी डिजिटलको इलेक्ट्रोनिक्स शोरुमको आउटलेट जोरपाटीमा


मल्टि ब्रान्ड ईलेक्ट्रोनिक्स ब्राण्ड सिजी इलेक्ट्रोनिक्सले काठमाण्डौंको जोरपाटीमा नया शोरूम सञ्चालनमा ल्याएको छ ।

चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरी गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालले शोरुमको उद्घाटन गरेका हुन् ।

शोरुममा सि जि ईलेक्ट्रोनिक्स अन्तर्गत रहेका बिभिन्न ब्रान्डहरु एल जि, सि जि, गोदरेज, टिसिएल, सेन्सेइ, केन्ट, पिजन, एलिका, ब्ल्याक + डेकर, बेको र माईडिया जस्ता ब्रान्डहरुका ७०० भन्दा बढी घरायसी उपकरणहरु उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

नयाँ शोरुम शुभआरम्भको अवसरमा कम्पनीले आफ्ना उपकरणहरुको खरिदमा बिशेष छुट तथा उपहार दिने जनाएको छ । शोरुमले निशुल्क डेलिभरीका साथै लोयल्टी प्रोग्राम, फ्रि माईक्रोवेभ ओभन कुकिङ क्लास÷डेमो, ० प्रतिशत ब्याजदरमा किस्ताबन्दी, एक्स्चेन्ज अफर उपलब्ध गराएको छ ।

कम्पनी स्वामित्वमा जोरपाटीमा २१ औं आउटलेट स्थापना गरेको जनाउँदै कम्पनीले आगामी दिनहरुमा देशका बिभिन्न शहरहरुमा शोरुमहरु विस्तार गर्दै जाने जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।