अन्तरप्रदेश रुटका सार्वजनिक यातायातको भाडा बढ्यो


पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा बढाएको छ ।

बिहीबार रातीदेखि लागू हुने गरि नेपाल आयल निगमले प्रतिलिटर डिजेलको मूल्य १२ रुपैंयाले बढाएको थियो । सो लगत्तै विभागले अन्तरप्रदेश रुटका सार्वजनिक यातायातको भाडा बढाउने निर्णय गरेको हो ।

सार्वजनिक यातायातका साथै मालवाहक सवारीको भाडा पनि बढाउने निर्णय भएको विभागद्धारा जारी सूचनामा उल्लेख छ । उसका अनुसार यात्रुवाहक सवारीको हकमा २.५ प्रतिशत, पहाडी बाटोमा चल्ने मालबाहक सवारीको हकमा ३.३ प्रतिशत र तराईमा चल्ने मालबाहक सवारीमा ३.७ प्रतिशतले भाडा बढाइएको हो ।

यस अघि पनि विभागले पेट्रोलियम पदार्थको मूल्य बढेसँगै बढाएको भाडा मूल्य घटेपछि समायोजन गरेको थियो ।

इन्धनको मूल्य थपघटका आधारमा एकै पटक ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्ने नीति अनुरुप भाडा समायोजन गरिएको विभागले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।