बैंक अफ काठमाण्डूका सेवाग्राहीले अन्नपूर्ण केबल कारमा छुट पाउने


बैंक अफ काठमाण्डू र अन्नपूर्ण केबल कारका बिचमा बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी केबल कारको टिकट खरिद गर्दा छुट दिने सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंक अफ काठमाण्डूका कार्डवाहक तथा मोबाइल बैंकिङ्का प्रयोगकर्ताले १० प्रतिशत छुट पाउने छन् ।

बैंक अफ काठमाण्डूले १०१ शाखा कार्यालयहरु, ९२ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।