नेपाल इन्स्योरेन्सको साधारण सभा सोमबार, ११% बोनस अनुमोदन हुने

0
Shares

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ ३० गते सोमबार ७३ औं वार्षिक वार्षिक साधारण सभा आह्वान गरेको छ ।

नेपाल पर्यटन बोर्ड प्रदशनीमार्गमा बिहान ११बजे आह्वान गरिउको उक्त सभाले सेयरधनीलाई गत आर्थिक वर्ष २०७७।७८ को नाफाबाट ११ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.५७८५ नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ ।

यसैगरी कम्पनीको अधिकृत पुँजी २ अर्ब रुपैयाँबाबट बढाएर २ अर्ब ६० करोड रुपैयाँ पुर्याउने, सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक र सर्वसाधारण सेयरधनी समूहबाट २–२ जना गरी ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने एजेण्डा छ ।

प्रस्तावित बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी पुँजी १ अर्ब ३७ करोड ८९ लाख ८५ हजार रुपैयाँ पुग्नेछ । सोही अनुसार सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि इन्स्योरेन्सले जेठ १७ गते मंगलबारदेखि बुकक्लोज गरेको थियो । बुकक्लोज अनुसार जेठ १६ गते सोमबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र साधारण सभामा प्रतिनिधित्व गर्न र लाभांश प्राप्त गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।