राजस्व अनुसान्धान विभागका महानिर्देशक प्रकाश पौडेल सामान्य प्रशासनमा सरुवा


राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलको सरुवा भएको छ । विभागको महानिर्देशकबाट उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका हुन् ।

सरुवा हुँदै गर्दा पौडेलले सोमबार आफ्नो कार्यकालमा भएका कामहरुको फेहरिस्त सार्वजनिक गरेका छन् ।

राजश्व अनुसान्धान विभागद्धारा ८ महिनामा ३ सय प्रतिवादी विरुद्ध सय बढी मुद्धा

२०७८ असोज १८ गते राजश्व अनुसन्धान विभागको महानिर्देशक भएका पौडेल त्य अघि वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशक थिए ।

८ मिहना १२ दिन राजश्व अनुसन्धान विभागको नेतृत्व लिएका पौडेलको कार्यकालमा बहुराष्ट्रिय कम्पनीहरुको पूँजीगत लाभकर छलीको विषयका साथै क्रिप्टोकरेन्सी, नक्कली अन्तशुल्क स्टीकर लगायत क्षेत्रमा धेरै अनुसन्धान गरेको थियो । विभागको कार्यशैलीलाई तिब्र बनाउँदै कार्यसम्पादनलाई प्रभावकारी बनाएका कारण ठुलो उपलब्धि हासिल भएको पौडेलले बताएका थिए ।

पौडेलको कार्यकालमा २८७ प्रतिवादी विरुद्ध राजश्व चुहावट तथा विदेशी मुद्राको अपचलनमा मुद्धा दर्ता भएका छन् । अरु विषयमा अनुसन्धान भईरहेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।